नेपालगन्ज- जब रात ढल्यो, तब पलेटी कसेर बसेका 'सायर–नायक' अब्दुल लतीफ शौक जुरुक्क उठे। उनैलाई पर्खेर बसेका अनिँदा अनुहार अगाडि थिए।
विजुली, तुफान, कातिल, रहजन
किस किस की तुम बात करोेगे
एक है जान और लाखों दुश्मण
किस किस की तुम बात करोगे
मन को माया जाल ने मारा
तन को रोटी दाल ने मारा
सौ जख्मों से चुर हे जीवन
किस किस की तुम बात करोगे
सूफी, साधु, शेफ या ब्राह्मण
सब ने तोडा प्रेमका दर्पण
किस किस की तुम बात करोगे
८० वर्षे यी सायरले वर्तमान समयमाथि तिखो प्रहार गरिरहँदा नेपालगन्जस्थित एक होटलको सभाकक्षमा जम्मा भएका मुसायराप्रेमी गम्भीर बने। शौकका शब्द–शब्दमा स्वार्थी समयरुपी चट्टानलाई छियाछिया पार्ने सामर्थ्य थियो।
क्रिएटिभ ह्यान्ड्सद्वारा गत शनिबार आयोजित 'अल नेपाल मुसायरा' मा सायरी पढ्ने उनी अन्तिम सायर थिए। नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा त्यसअघि थुप्रा सायरले देशप्रेम र राष्ट्रियता भावनालाई मजबुत पार्ने र बिसंगतिविरुद्ध चोटिलो प्रहार गर्ने सायरी वाचन गरेका थिए। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीदेखि 'गजल–नायक' ज्ञानुवाकर पौडेलले दिल खोलेर उर्दू साहित्यको प्रशंसा गरे।
वषर्ौं गुजर गए हैं खिजाओं मे है चमन
मुरझा के रह गए सभी सबल व समन
हर सिम्त खारदार नजारे दिखाई दें
रह रह बढाए जाए दिलों मे सदा चुभन
फिर विजलियाँ गिरें, न हो खाक आरजू
कायम हो गुलिस्तां मे बहारों का फिर चलन
मुस्तफा अहसन कुरैसीले वषर्ौंदेखि उजाड बनेको बगैँचा र त्यहाँ ओइलाएका फूलको अवस्था चित्रण गर्दा साहित्यलाई यथार्थसँग जोड्ने स्रष्टाको चेहरा फूलझैं ओइलाएको प्रस्टै देखिन्थ्यो। 'सायरमा वास्तवमै शब्दको सामर्थ्य छ,' मध्यपश्चिम साहित्य मञ्चका अध्यक्ष खगेन्द्र अधिकारी 'अमृत' भन्दै थिए, 'यसले राष्ट्रियता र देशप्रेमको भावना मात्र बढाएको छैन, नेपाली समाजका तन्तुलाई आपसमा बलियोसँग जोड्ने काम पनि गरेको छ।'
मुसायराले जुराएर नेपाल तथा भारतका प्रख्यात सायर र नेपाली कला–साहित्यका हस्ती एउटै मञ्चमा भेला हुनुले खगेन्द्रको भनाइलाई बल पुर्याएको प्रस्ट देखिन्थ्यो। कार्यक्रममा उर्दू साहित्यकार मात्र होइन, नेपालीभाषी गजलकार पनि सायरीमा सुसेलिए।
पहाडÞों से नदियों को मैने निकलते देखा
ऐ सनम, पर तेरा पत्थर न पिघलते देखा
था तु ऐसे बाग मे इक फूल जैसे आतिशबाजÞी
फूलते देखा मगर न कभी झुलते देखा
मैखाने से हम और मंदिर से निकले
उसको तो देखा नहीं हमको निकलते देखा!
गजलकार ज्ञानुवाकरले हिन्दीमा सायरी वाचन गर्दा उर्दू तथा हिन्दीप्रेमी स्रष्टा सन्तुष्ट हुन सकेनन्। उनीहरुको माग थियो– गजल नायकले एउटा गजल त गुनगुनाउनै पर्छ। अर्कोतिर, सुरुमा नेपाली गजल वाचन गरेर पालो 'कट्टी' गरेकी अनुपमा करारालाई हिन्दीमा सायरी वाचन गर्न 'फर्माइस' गरियो। उनी सिर्जनामा यसरी डुबिन्-
ए आँखे मेरी झिल बन जाती है
सुनापन महफिल बन जाती है
जब दिखते हो हमे चाँदनी रात मे
ओ रात कातिल बन जाती है
नेपालमा उर्दू साहित्यको उद्गम र विकास हुने थलो हो– नेपालगन्ज। १९१४ सालपछि यहाँ गजल (शायरी) विधाबाट उर्दू साहित्य लेखनको सुरुवात भएको थियो। उर्दू साहित्यकार तथा लेखक इद्रिस खाँ सायलका अनुसार नेपालभित्र उर्दू साहित्य लेखनीलाई सुरुवातकाल (१९१४–१९६५), विस्तारकाल (१९६५–२००७) र उत्कर्षकाल (२००७ देखि हालसम्म) गरी तीन चरणमा बाँडिएको छ। मियाँ अमजद हुसेन, ताज खाँ, अन्जुम मियाँजस्ता उर्दू स्रष्टाले सुरुमा साहित्यको बीउ रोपेका थिए। भारतीय सहर लखनउबाट भित्रिए पनि नेपाली उर्दू साहित्यले नेपाली देशभक्तिको भावनालाई अभिव्यक्त गरेको हुन्छ। लेखक सायलका अनुसार सुरुका स्रष्टा अन्जुम मियाँलाई गदर विद्रोहमा क्रान्तिकारी रचना वाचन गरेका कारण जेल जानुपरेको थियो। उर्दू साहित्यको त्यही राग अहिले पनि ज्वलन्त छ, जसको नेतृत्व हाल अब्दुल लतीफ शौकले गरिरहेका छन्। उर्दू सायर जति छन्, उनीहरुको कलमबाट देशप्रेम र राष्ट्रभक्ति नै बढी पोखिने गर्छ।
देश को देश बनाउँ यही अरमान रहे
मर भी जाउँ तो मेरे साथ ये सामान रहे
सोचना सबको पडेगा मेरे वतन के लिए
मेरे वतन पे मेरी कौम ये कूर्बान रहे
सर बुलन्दी हो हिमालय की तरह मेरा नेपाल
सारा दुनियाँ मे मेरे मुल्क की बस शान रहे
मुसायराको सुरुमै मेराज अहमदले देशको शिर ठाडो पार्ने रचना वाचन गरेका थिए, जसले हलमा भरिभराउ स्रष्टालाई देशप्रति भावुक बनायो। आयोजक संस्थाका अध्यक्ष टिएस ठकुरीका अनुसार नेपालगन्जको मौलिक पहिचान बनेको मुसायरा संस्कृतिलाई पहिलोपटक यसरी भव्यरुपमा मनाइएको हो। नेपाली गजलका हस्तीदेखि प्रज्ञा प्रतिष्ठानका उपकुलतिसम्म मुसायरामा सहभागी हुनुले यसको महŒवलाई ओजिलो बनाएको उनले बताए।
प्रकाशित: १ वैशाख २०७४ ०३:०१ शुक्रबार