१७ कार्तिक २०८१ शनिबार
image/svg+xml

युएईमा कोरोना संक्रमित नेपालीहरुको स्वास्थ अवस्था सामान्य

युएईमा कोरोना भाईरसबाट संक्रमित हुने नेपालीहरुको स्वास्थ अवस्था सामान्य रहेको नेपाली दूतावासले जनाएको छ। सोमबार साँझसम्ममा युएईमा ४ महिला सहित ११ जना नेपाली कोरोनाबाट संक्रमित भएको पाइएको छ।

लकडाउनकाे प्रभाव : एचआइभी संक्रमितलाई असर

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट जोखिन सरकारले घोषणा गरेको लकडाउनले एचआइभी संक्रमितहरुलाई असर गरेको छ। नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउनलाई थप कडाई गरेपछि नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितहरुलाई असर परेको हो।

'आइसोलेसन' बेडबाट भगवान पुकार्दै युवक

सास फेर्न असहज महसुस भएपछि लहान नगरपालिका–२२ जहदीका एक युवक कोरोना भाइरस(कोभिड १९) परीक्षणका लागि शनिबार साँझ प्रादेशिक अस्पताल जनकपुर पुगे।

धनगढी प्रादेशिक अस्पतालका ७ को रिपोर्ट नेगेटिभ

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा  उपचार गराइरहेका धनगढी उपमहानगरपालिका– ५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको छ।

कपिलवस्तुमा एचआईभी संक्रमित र क्षयरोगीलाई घरघरमै औषधि

लकडाउनका कारण सरकारी स्वास्थ्य संस्थामा आउन कठिनाई भए पछि जिल्ला स्वास्थय कार्यालयले एचआईभी संक्रमित र क्षयरोगीका बिरामीलाई घरमै औषधि पुर्‍याउने छ। लकडाउनले मारमा परे पछि एचआईभि संक्रमति र क्षयरोगीका बिरामीलाई औषधि सेवाबाट बञ्चित नहुन घरमै औषधि पुर्याईएको हो।

लकडाउनको असर, एचआईभी संक्रमितले 'एआरटी' पाएनन्

लकडाउनको मारमा एचआईभी संक्रमित पनि परेका छन्। उनीहरु मध्ये धेरैजना एआरटी सेवनबाट बञ्चित भएका छन्। एआरटी एचआईभी संक्रमितले नियमित सेवन गर्नुपर्ने औषधी हो। यसको नियमित सेवनले संक्रमितमा रोग प्रतिरोधात्मक क्षमता विकास हुन्छ।

धनगढीका संक्रमित युवाले धेरैलाई भेटेका थिए

काठमाडौं पठाउने उपाय नभएपछि संक्रमित युवाका परिवारका सदस्यको समेत नमुना संकलन हुन सकेको छैन।

दोस्रो र पाँचौ संक्रमित किशोरी एउटै विमानमा थिए

नेपालमा कोरोना भाइरसको संक्रमण देखिने क्रम बढ्दै आएको छ। बाग्लुङकी एक १९ वर्षिया किशोरीमा पनि कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या पाँच पुगेको छ।

नेपालमा कोराेनाको पाँचौ संक्रमित फेला

स्वास्थ्य मन्त्रालयले नेपालमा पाँचौँ कोरोना संक्रमित भेटिएको बताएको छ। आज गरिएको प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार पाचौं संक्रमित फेला परेको बताइएको हो। १९ वर्षिया किशोरी बेल्जियमबाट कतार हुँदै कतार एयरलाइन्सको क्यूआर ६५२मा काठमाडौँ आएकी थिइन्।

कतार एयरबाट आएका २ जना सम्पर्कमा एक जनाको खोजी

कोरोना संक्रमित युवतीसँगै कतारबाट चैत ४ गते नेपाल आएका रुपन्देहीका ३ जना मध्ये २ जनालाई सम्पर्कमा आइसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हेमकुमार थापाले बताए । रोहिणाी गाउँपालिका वडा न २ का मेराज अहमद र तिलोत्तमाका यात्रु सम्पर्कमा आइसकेका छन् द्वयको अवस्था सामान्य छ, स्वास्थ्य चेकजाँच गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको प्रहरी उपरिक्षक थापाले बताए। संक्रमितसंगै आएको एक जान यात्रुको खोजी भइरहेको छ।

संक्रमित युवतीसँगै आएका दुईसहित ताप्लेजुङका चार जना क्वारेन्टाइनमा

फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै यात्रा गरेका ताप्लेजुङका दुई यात्रुसहित ४ जना क्वारेन्टनमा पुगेका छन्। चार जनामध्ये एक यात्रुलाई उनको श्रीमती र छोरीसहित क्वारेन्टाइनमा राखिएको हो।

कोरोना संक्रमित किशोरीसँगै यात्रा गरेका बाँकेका चार जनाको खोजी

कोरोना संक्रमित किशोरीसँगै हवाई यात्रा गरेका बाँकेका चार जनाको खोजी गरिएको छ। गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै  नेपाल आइपुगेकी १९ बर्षिया एक किशोरीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी स्वास्थ्य मन्त्रालयले गरेको थियो।

कोरोना संक्रमितको संख्या लाख नाघ्यो, मृतक साढे तीन हजारभन्दा बढी

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ। अमेरिकी समाचार संस्था सिएनएनका अनुसार विश्वभर एक लाख एक हजार चार सयभन्दा बढी कोरोना संक्रमित छन्।

जसले कोरोना संक्रमण जिते

कोरोनासँगको संघर्षमा ती बिरामीले विजय प्राप्त गरेपछि अस्पतालले डिस्चार्ज गरेको थियो। यो रोगको सफल उपचार गर्ने चीनबाहिरका थोरै राष्ट्रको पंक्तिमा नेपाल पनि पर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्