दोस्रो पूर्वाधार शिखर सम्मेलन फागुन ८–९ मा
काठमाडौं- आगामी फागुन ८ र ९ गते काठमाडौंमा दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन हुने भएको छ। नेपाल उद्योग परिसंघ, नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, युवा निर्माण व्यवसायी संघ नेपालको आयोजना र विभिन्न सरकारी निकाय, दुईपक्षीय र बहुपक्षीय विकास साझेदारको सहकार्यमा दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन हुन लागेको हो।