१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बजेट र कार्यप्रगतिको जानकारी माग

नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी भइरहेका बेला पूर्वाधार निर्माणका लागि छुट्याइएको बजेट र निर्माण कार्यको प्रगतिबारे सत्यतथ्य जानकारी दिनुपर्ने माग गरिएको छ।

ठूला आयोजनालाई ३५ प्रतिशत थप बजेट

आउँदो आर्थिक वर्ष ०७६/७७ मा सरकारले ठूला आयोजनालाई प्राथमिकता दिने भएको छ। सरकारले भौतिक पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट उपलब्ध गराउन नसकेको आरोप लागिरहेको बेला आउँदो आर्थिक वर्ष ठूला आयोजनामा करिब ३५ प्रतिशत बजेट वृद्धि गर्ने तयारी छ।

मतदाता रिझाउन अनुपात्दक क्षेत्रमा सासंदको बजेट

प्रदेश सरकारको पूर्वाधार विकास कार्यक्रमको ठूलो बजेट कैलालीमा सासंदहरूले मन्दिर, सामुदायिक भवन निर्माणलागयतका अनुत्पादक क्षेत्रमा खर्च गर्न योजना बाएका छन्। प्रदेश सरकारले प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा सासंदले योजना बनाएर खर्च गर्नेगरी २ करोड रुपैयाँ बिनियोजन गरेको थियो। पूर्वाधार विकास कार्यक्रम सासंदहरूकै दबाबमा ल्याइएको हो। सुदूरपश्चिम प्रदेशका ३२ निर्वाचन क्षेत्रमा ६४ करोड रकम यो कार्यक्रमअन्तगर्त बिनियोजन गरिएको छ।

२५ अर्बभन्दा बढी लागतका अयोजना छुट्टै संयन्त्रमार्फत

सरकारले सो व्यवस्थामार्फत २५ अर्बभन्दा बढी लागतका सबै आयोजनालाई छुट्टै संयन्त्र बनाएर अघि सार्ने भएको छ। फास्ट ट्रयाक अवधारणासहितको कानुन संसदमा पेश गरेको हो। प्रधानमनत्री केपी ओलीले उक्त विधेयक संसद्मा पेश गरेका हुन्।

विकासका लागि वैदेशिक लगानी

मुलुकको सर्वाङ्गीण विकासका लागि राज्यले चयन गरेका विभिन्न पक्षमध्ये पानी, पर्यटन र पूर्वाधार नै प्रमुख हुन्। यसका लागि आवश्यक ‘सञ्जीवनी’ भनेको पर्याप्त पुँजी र प्रविधि नै हुन्। जसका लागि चाहेर वा नचाहेर हामीले वैदेशिक लगानी भित्र्याउनै पर्छ।

रंगशालाको पूर्वाधार निर्माण धमाधम

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा यति बेला धमाधम काम भइराखेको छ। रंगशाला निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण भइरहेको छ। भरतपुर महानगरपालिका वडा नम्बर १५ को शान्ति चोकमा रहेको रंगशाला निर्माणस्थललाई चारैतिरबाट घेर्ने, अस्थायी गेट बनाउने, सुरक्षाकर्मी बस्नेलगायतका पूर्वाधार निर्माणको काम सुरु गरिएको छ।

आठौं राष्ट्रिय खेलकुद अझै अन्योलमा

पाँच नम्बर प्रदेशमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नतोकिँदा अन्योलता छाएको छ। प्रतियोगिताका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण कार्य पूरा नहुँदा मिति तोक्न ढिलाइ भएको हो। प्रतियोगिताको मिति नतोकिँदा अन्योल छाएको खेलाडी तथा प्रशिक्षकहरू बताउँछन्।

मुलककै ठूलो लगानीको नेपाल पूर्वाधार विकास बैंक

एक दशकदेखिको निरन्तर प्रयास पछि आजदेखि पूर्वाधार विकास बैंकले बैकिङ कारोबार सुरु गरेको छ। नेपालकै ठूलो बैंकको रुपमा स्थापना भएको पूर्वाधार विकास बैंकको उद्घाटन आज बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले गरे। ठूला पूर्वाधारदेखि अन्य क्षेत्रमा लगानी जुटाउन सरकारले पूर्वाधार विकास बैंक खोल्ने निर्णय गरेको थियो।

पूर्वाधार बैंकले आजदेखि कारोबार थाल्ने,  २० अर्ब चुक्ता पुँजी

आजदेखि पूर्वाधार विकास बैंकले कारोबार सुरु गर्ने भएको छ। नेपालकै ठूलो बैंकको रुपमा स्थापना भएको पूर्वाधार विकास बैंकको उद्घाटन आज बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्रदैछन्। ठूला क्षेत्रमा लगानी जुटाउन सरकारले पूर्वाधार विकास बैंक खोल्ने निर्णय गरेको थियो।

मन्त्रीकाे नेतृत्वमा सरसफाइ

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शनिबार बाराको कलैयामा सडक सफाइ गरेका छन्। प्रदेश सरकारको ‘स्वच्छ प्रदेश समृद्ध प्रदेश’ अभियानअन्तर्गत मन्त्री सोन आफैं झाडु लिएर सरसफाइमा सहभागी भएका हुन्।

क्रिकेट प्रतियोगिता आयोजना गर्न पूर्वाधार अभाव

पछिल्लो समय क्रिकेट खेलप्रति आमनेपालीको आकर्षण बढ्दै गए पनि यहाँ पूर्वाधार अभावमा प्रतियोगिता गर्न समस्या हुने गरेको छ। कर्णाली प्रदेशका १० जिल्लामध्ये चार जिल्लामा क्रिकेट संघका जिल्ला समिति गठन छन्। वर्षमा एक–दुई पटक मात्रै यहाँ क्रिकेटका गतिविधि हुने गरेका छन्।

प्रदेश  पुगेका आयोजना फेरि संघमा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु बजेटमार्फत प्रदेशमा हस्तान्तरण गरिएका आयोजनामध्ये करिब आधा दर्जन संघीयताको मर्मविपरीत केन्द्रमा तानेको छ। सरकारले प्रदेश र स्थानीय तहलाई बजेटमार्फत विभिन्न वर्गीकरणका आधारमा चालु आयोजनाहरु हस्तान्तरण गरे पनि भौतिकले बलपूर्वक केन्द्रमै तानेको हो।

सहभागितामूलक विकासले छिटो गति लिन्छ : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले सामाजिक क्षेत्रमा भएको लगानीको उच्चतम प्रतिफल लिन तथा कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जालगायत क्षेत्रको उत्पादकत्व वृद्धिका लागि यातायात पूर्वाधारमा विकास गर्नुपर्ने बताएका छन्।

रेल र पानीजहाज विकासका लागि काम भइरहेको छ : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक क्षेत्रमा भएको लगानीको उच्चतम प्रतिफल लिन तथा कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जालगायत क्षेत्रको उत्पादकत्व वृद्धि गर्न यातायात पूर्वाधारमा विकास गर्नुपर्ने बताएका छन्। मंगलबार राजधानीमा नेपाल व्यवस्थापन संघको ३८ औं वार्षिकोत्सवमा अर्थमन्त्री खतिवडाले यसको लागि लगानी बढाउनुपर्ने बताए।

पूर्वाधार बैंकले सञ्चालन अनुमति

पूर्वाधार विकास बैंकले सञ्चालन अनुमति पाएको छ। राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले यस्तो अनुमति दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्