१५ वैशाख २०८१ शनिबार
image/svg+xml

पानीको मुहानहरु सफा गर्दै

सिथि नख: को दिन नेवार समुदाय मा ढुङ्गे धारा, इनार , पोखरी ,कुवा आदि पानी को मुहानहरु सफा गर्ने चलन रहेको छ। यस दिन पानी को मुहान सफा गर्दा बर्ष भरी पानी को अभाव नहुने बिश्वास गरिन्छ। इनार सफा गरेपछी कसैले नहेरुन भनेर छोपिन्छ र चार दिन पछि पुजा गरेर मात्र फेरि प्रयोग गरिन्छ। साँखुमा इनार सफा गर्दै स्थानीय।

मुहान सुकेपछि नदीको दूषित पानी पिउन बाध्य

दशरथचन्द नगरपालिका–१०, तिरखडेनीमा खानेपानीको मुहान सुकेपछि त्यहाँका स्थानीय महाकाली नदीको दूषित पानी प्रयोग गर्न बाध्य भएका छन्।

खडेरीले मुहान सुक्दा पानीको हाहाकार

कहिल्यै नसुकेका मुहान खडेरीले सुक्दा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको चुमाखुमा पानीको विकराल समस्या सुरु भएको स्थानीय तामन राईले बताए।

खानेपानी पाएपछि काम्राङवासी हर्षित

भूकम्पपछि सिद्धलेक गाउँपालिका–५ काम्राङमा खानेपानीको चरम अभाव भएको थियो । तर खानेपानीको मुहान सुकेकाले बसाइँ सर्ने स्थितिमा पुगेका काम्राङवासीमा एकाएक खुसी छाएको छ । गाउँमा डिप बोरिङमार्फत घरघरमा खानेपानी पु¥याएकाले गाउँलेमा खुसी छाएको स्थानीय बिन्दा घलेले बताइन् । ‘पानीको मुहान सुकेपछि भीरभीरै पानी खोज्न हिँड्नुपथ्र्यो,’ उनले भनिन्, ‘अहिले घरघरै खानेपानीको धारा जडान भएको छ, हामी गाउँले खुसी छौँ ।’

उफ गर्मी : पानीको मुहान सुक्दा जनजीवन प्रभावित

अत्यधिक गर्मीका कारण रौतहटकोे जनजीवन प्रभावित भएको छ। विगत एक सातादेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो। वायुमण्डलीय तापक्रममा वृद्धि भएसँगै सर्वसाधारण घरबाहिर निस्किन छाडेकाले बजारमा चहलपहल कम देखिएको छ। गर्मीका कारण अधिकांश शैक्षिक संस्था बन्द भएका छन् भने कर्मचारी र मजदूरसमेत प्रभावित भएका छन्।

सर्लाहीको उत्तरी क्षेत्रमा खानेपानी हाहाकार

उत्तरी क्षेत्रका हरिवन, बागमती, लालबन्दी, ईश्वरपुर नगरपालिकास्थित चुरे क्षेत्रमा पर्ने अधिकांश गाउँमा खानेपानीको हाहाकार बढेको छ। कर्मैया, ढुंग्रेखोला, सासापुर, अत्रौली, पत्थरकोट, परवानीपुर, कालिन्जोरलगायत गाउँका हजारौं सर्वसाधारण स्वच्छ खानेपानीबाट वञ्चित भएका छन्।

सुनकोसीको पानी पिउन बाध्य ढेबुवावासी

मुहानको खोजी गरेर ढेबुवा माझीगाउँमा आगामी आर्थिक वर्षमा खानेपानीको व्यवस्था गर्ने वडाध्यक्ष दीपहरि राईले बताए।

सोलार चोरीपछि गाउँमा पानी हाहाकार

दैनिक तीन घण्टा हिँडेर ल्याएको तीन गाग्री पानीले परिवारलाई पु¥याउन सकिन्छ कि सकिँदैन भन्ने चिन्ताले सताउने गरेको छ।

पौडेलले थाले मुहान संरक्षण अभियान

संरक्षणको अभावले कुवा, पधेरो, पोखरी र तालतलैयाको मुहान बिस्तारै सुक्दै जान थालेका छन्। नदीनालाको सतह क्रमशः घट्दै गएको छ। ग्रामिण बस्तीमा जनघनत्व नहुँदा भएका मुहानले संरक्षण पाएका छैनन्। मुहान आसपासका क्षेत्रमा अत्यधिक दोहन र फडाँनी हुनु मुहान सुक्दै जानुको प्रमुख कारण हो।

महोत्तरीमा खानेपानीको हाहाकार

महोत्तरी जिल्लाको उत्तरीक्षेत्रमा धमाधम पानीका मुहान सुक्न थालेपछि खानेपानीको सङ्कट बढेको छ। नदी, पानीखोल्सा, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि जिल्लाका बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा मध्यचैतदेखि खानेपानीको सङ्कट बढेको हो।

लामकुन्ड मुहानको पानी मिलोमतोमा बिक्री

सरकारी निकायका उच्च पदाधिकारीको मिलेमतोमा अबैध रूपले पानी ओसारपसार भइरहेको एक स्थानीयले बताए। ‘पानी मात्रै अर्डर गर्नु, सरकारी पहुँचवालासँग कुरा मिलाएर भए पनि भनेको ठाउँमा पानी पु-याउँछ,’ उनले भने, ‘अहिले दैनिक करिब २० ट्यांकर पानी ओसारपसार हुन्छ। अबैध पानी निकासालाई रोक्नमा सरोकारवाला निकाय आँखा चिम्लेर बसेका छन्।’

पानीको मुहान मासेर सडक नबनाउन माग

पानीको मुहानलाई अशर पुग्नेगरी सडक निर्माण गर्न लागिएको भन्दै खोटाङको मात्तिमबिर्ताका स्थानीयले विरोध जनाएका छन्। साकेला गाउँपालिका–५ मात्तिमबिर्तास्थित तीनधारेमा रहेको पानीको मुहान तेर्सोबाट डोजर लगाएर सडक खन्ने तयारी गरिएको भन्दै ६ स्थानीयले पानीको मुल संरक्षणका लागि गाउँपालिका समक्ष निबेदन दिएका छन्।

भक्तपुरका ८८ प्रतिशत खानेपानी मुहान प्रदूषित

भक्तपुरवासीले प्रयोग गर्दै आएका ८८ प्रतिशत खानेपानीका मुहानमा दिसामा पाइने कोलिफर्म पाइएको छ ।

खानेपानीका मुहान सुक्दै

बैतडीको पुर्चौडी नगरपालिका – १, हाटका धनवीर धामीलाई गाउँको कुवाबाट पानी पिएको अनि त्यही कुवाको पानीले रोपाइँ गरेको याद ताजै छ। तर आजभोली त्यो कुवा सुख्खा छ। घट्दैघट्दै एक अहिलेत एक थोपा पानी छैन।

मुहान भत्काउँदा खानेपानीको हाहाकार

सिम्ता गाउँपालिका–१ घोरेटाकी कस्तुरीकुमारी रानाको दैनिकी खानेपानीको जोहो गर्नमै बित्छ । एक गाग्री पानी ल्याउन उनलाई तीन घण्टा समय लाग्छ। ‘विहानदेखि रातिसम्म पानी बोक्दै ठिक्क हुन्छ’ उनले प्रश्न गरिन्, ‘कहिलेसम्म यसरी पानी बोक्नुपर्ने हो थाहा छैन्।’ बस्तीदेखि ओरालोमा मुहान छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्