नारायणगढ–मुग्लिन सडकः खुल्दै बन्द हुँदै
वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ। पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्को पहिरो जाने समस्या यतिबेला बढेको हो।
वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ। पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्को पहिरो जाने समस्या यतिबेला बढेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान साढे ५ बजे पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ।
रुकुमबाट काठमाडौँ फर्कदै गरेका पत्रकार धनवीर दाहाल पहिरो छिचोल्दै मुस्किलले काठमाडौँ पुगे। ‘नारायणगढदेखि सानोठूलो गरी सात, आठवटा पहिरो पार गर्दै मुस्किलले यात्रा गरियो’, उनले भने, ‘यात्रा गर्दा पनि माथिबाट पहिरो खस्छ कि भन्ने डरैडरमा यात्रा गरियो।’ उनी मात्र होइन राजमार्गमा यात्रा गर्नेहरु कतिबेला पहिरो जाने हो भन्ने डरैडरमा यात्रा गर्न बाध्य छन्।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्भार गर्नका लागि एक महिना यातायात सेवा बन्द हुने भएको छ। भोलि चैत २८ गतेदेखि आगामी वैशाख २८ गतेसम्मको लागि सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले आज जनाएको छ।
पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ। आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो।
चिनियाँ लगानीमा स्तरोन्नति हुन लागेको सडक खण्डमा पर्ने विद्युतको पोल सार्ने काम भइरहेको छ। गत चैतदेखि विद्युतको पोल सार्ने काम सुरु भएको थियो।
नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ। कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो। सो सडकखण्डमा रहेका १९ पुलमध्ये यसअघि तीनवटा निर्माण भइसकेको छ। एउटा पुल अन्तिम चरणमा पुगेको छ।
अहिले चाबहिल क्षेत्रमा धुलाम्मे सडकका कारण सर्वसाधारणलाई आउजाउमा असाध्यै मुस्किल भइरहेको छ ।
बैतडीको गोठालापानी झुलाघाट सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका–८ बुड्डाको झाल नजिक जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ।
मृत्युमार्गको रुपमा परिचित भएको सिद्धबाबा सडकखण्डको पहिरो ग्रस्त जोखिमलाई स्थायी रुपमा समाधान गर्न माग गरिएको छ । प्रदेश र संघीय सरकारले सिद्धबाबा क्षेत्रको पहिरोबाट हुने जोखिम अन्त्य गर्ने गरि योजना अघि बढाइरहेको बेला बुटवल क्षेत्रका नागरिक अगुवा र राजनितिज्ञहरूले स्पष्ट योजनाको माग गरेका हुन्।
मोहनापुल–अत्तरिया निर्माणाधीन ६ लेन सडकको एकतर्फी बाटो कालोपत्रे भइसकेको छ । धनगढी चौराहदेखि सुदूरपश्चिम प्रदेश सरकारले तोकेको प्रदेशको राजधानी अत्तरिया पुग्न अहिले केही बेर लाग्दैन । चिल्लो बाटोमा मोटर गुडाउँदै जब अत्तरिया चौराहमा पुगिन्छ, तब आइपुग्छ ‘खत्र्याङ खुत्रुङ’ सडक ।
काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नौबिसे–नागढुङगा सडकखण्ड मर्मतको काम धमाधम भइरहेको छ। चौबिसै घण्टा व्यस्त रहने सडकखण्ड लकडाउनको मौका छोपेर मर्मत गरिएको छ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको गल्छी–त्रिशूली–मैलुङ रसुवागढी सडक निर्माणको लकडाउनमा पनि धमाधम भइरहेको छ । धादिङको गल्छीदेखि चीनको सीमा रसुवागढीसम्म ८२ किलोमिटर लम्बाईको सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माणको काम भइरहेको हो ।