खबरदारी गर्ने अभियन्ता पक्राउ
लामोसाँघु–जिरी सडकखण्ड कालोपत्रे तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीविरुद्ध निरन्तर खबरदारी गर्दै आएका दोलखाका नागरिक अभियन्तालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।
लामोसाँघु–जिरी सडकखण्ड कालोपत्रे तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीविरुद्ध निरन्तर खबरदारी गर्दै आएका दोलखाका नागरिक अभियन्तालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।
दाङको तुलसीपुरस्थित हेमन्तपुर–टरिगाउँ सडकखण्डमा कालोपत्र गरेको ६ महिना नपुग्दै उप्किएको छ।
मुलपानी–तेलपानी हुँदै बर्दियाको भुरिगाउँ जोड्ने सडकखण्डको रानीघाटस्थित भेरी नदीमा पुल निर्माण जिम्मा लिएको पप्पु/मल्ल जेभी निर्माण सेवाले सडक डिभिजन कार्यालय सुर्खेत र नेपाल बंगलादेश बैंकको नेपालगन्ज शाखालाई विपक्षी बनाई उच्च अदालत सुर्खेतमा दायर गरेको रिट खारेज भएको छ।
वर्षाैंदेखि हिलाम्मे, धुलाम्मे जोरपाटी–सुन्दरीजल सडकखण्ड मर्मत तथा विस्तार कार्य अगाडि बढाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गोकर्णेश्वर नगरपालिकालाई सडक विस्तारको जिम्मा दिएसँगै जोरपाटी–सुन्दरीजल सडकक्षेत्रमा पर्ने घरटहरा र रुख हटाउन सुरु गरिएको छ।
सडक विभागले अहिले सो सडकखण्डमा १५ वटा पुल निर्माणका लागि बोलपत्र आह्वानको सूचना निकालेको छ।
राष्ट्रिय गौरवको आयोजनाको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक आयोजनाअन्तर्गत पर्ने गल्छी–त्रिशूली–मैलुङ सडकखण्डको भौतिक प्रगति ५५ प्रतिशत मात्र भएको छ ।
महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा सशस्त्र प्रहरीले तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा जिल्लाको मटिहानी नगरपालिका–८ बस्ने २२ वर्षीय राजकुमार साह रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीले बताए ।
दुई महिनाअघि मात्र मर्मत–सम्भार गरिएको नौबिसे–नागढुंगा सडकले एउटा बर्खा पनि थेग्न सकेन। क्षमताभन्दा बढी भारका सवारीसाधन गुडाउँदा काठमाडौंतर्फ प्रवेश गर्ने लेन खाल्डाखुल्डी बनेको छ।
खाल्टाखुल्टी परेको नौबिसे–नागढुंगा सडकखण्डका ठाउँठाउँमा कालोपत्रे गर्ने काम भइरहेको छ । चाडपर्वको समयमा अत्यधिक सवारी चाप बढ्ने र मानिसहरूको आवतजावत पनि बढी हुने भएकाले सवारी जाम बढेको छ।
‘झन्डै ५ घण्टा जाममा बसेपछि थाहा पो, थानकोट–नौबिसे खण्डमा सडक टालटुल हुँदै रहेछ। सवारीको अति लामो लस्कर छ। त्यसमा कति विरामी छन्, कसैका अति जरुरी काम होलान्। कोहि अर्को यात्रामा जानू होला। यो सडक टालटुलको काम यात्रुलाई सकसमा नपारी गर्न सकिन्न होला?’
चाडपर्व नजिकिँदै गर्दा काठमाडौं नागढुंगा भएर बाहिरिने सवारीसाधनको चाप बढेको छ। सवारी चापसँगै राजमार्गमा जाम पनि बढेको छ। घुमाउरो र साँघुरो सडकका कारण नौबिसे–नागढुंगा सडकखण्डमा सामान्य समयमा पनि जाम हुन्छ। चाडपर्व सुरु भएपछि यो खण्डमा सवारी चाप बढी हुन्छ। सवारीसाधन बिग्रिएमा त घण्टौँ जाममा बस्नुपर्ने हुन्छ।
कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड आजदेखि मर्मतका लागि बन्द गरिने भनिएको भए पनि बिहानैदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याएको फाखेल प्रहरी चौकी मकवानपुरले जनाएको छ।
नारायणगढ मुग्लिन सडकखण्डका तीन नयाँ पुलमा सवारी गुड्न शुरु गरेका छन्।
चाबहिल–साँखु सडकखण्डको अवस्थाबारे बुझ्न सांसदहरु आज थलामा नै पुगेका छन्। प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति, सदस्य र सडक आयोजनाका कर्मचारीसहितको टोलीले चाबहिल, जोरपाटी हुँदै साँखुसम्म पुग्ने सडकको अवलोकन गरेको हो।
चाबहिल–साँखु सडकखण्डको अवस्थाबारे बुझ्न सांसदहरु आज स्थलगत अनुगमन गरेका छन्। प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति, सदस्य र सडक आयोजनाका कर्मचारीसहितको टोलीले चाबहिल, जोरपाटी हुँदै साँखुसम्म पुग्ने सडकको अवलोकन गरेका हुन्।