coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बैतडीमा जिप दुर्घटनाः पाँच जनाको मृत्यु, ६ घाइते

बैतडीको गोठालापानी झुलाघाट सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका–८ बुड्डाको झाल नजिक जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मंगलबार करिब दिउँसो १ बजे झुलाघाटबाट सदरमुकाम गोठालापानी आउँदै गरेको ना१ज २१९६ नम्बरको जिप दुर्घटनामा परेको हो।  

पाँज जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए। घटनाको थप विवरण आउन बाँकी रहेको छ। घटनास्थलमा प्रहरी र स्थानीय पुगेर घाइतेको उद्वार गरिरहेका छन्।

प्रकाशित: ९ मंसिर २०७७ ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App