१६ वैशाख २०८१ आइतबार
image/svg+xml

प्री–मनसुन सुरु नहुँदै पोखरामा भीषण असिना

आइतबार बिहान पोखराको मौसम सामान्य थियो, तर, मध्यान्ह हुदै गर्दा बिग्रन थालेको मौसम दिउँसो साढे एकबजेपछि एकाएक बदलियो। त्यसपछि परेको भीषण असिनाले पोखरालाई सेताम्य बनायो। हिमाली भेगमा हिमपात भए झैं पोखराको ठाउँठाउँमा असिनाको थुप्रो लाग्यो। पानी भन्दा पनि अधिक असिना परेपछि उपत्यकाको यातायात नै प्रभावित बन्यो।

पोखरामा भीषण असिनापानी (फोटोफिचर)

पोखरामा भीषण असिनापानी परेको छ । दिउँसो साढे एकबजेपछि यहाँ भीषण असिनापानी परेको हो । असिनापानीले पोखरा र आसपासका क्षेत्रमा रोपिएको बालिनाली नोक्सान पुु¥याएको छ ।

पोखरामा असिनापानीको क्षति

पोखरा क्षेत्रमा बुधबार दिउँसो भीषण असिनापानी परेको छ । जल तथा मौसम विज्ञान कार्यालयका अनुसार प्री मनसुन सुरु भएपछिको यो पहिलो वर्षा हो । असिनापानीले पोखरा र आसपासका क्षेत्रको खेतबारीमा लगाइएको तरकारीबालीमा क्षति पु¥याएको छ ।

जताततै हावाहुरीको वितण्डा

भिषण हावाहुरीले खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थितइन्द्रेणीपोखरीको संरचना ढालेको छ । इन्द्रेणीपोखरीको पर्यटन प्रवद्र्धनका लागि वर्ष दिनअघि पोखरीमा बनाइएको फलामे पुलको रेलिङ, पुलमाथिबाट बनाइएको फलामको पाताको इन्द्रेणीको आकृति, पोखरी प्रवेश गर्ने गेट लगायतका संरचना हावाहुरीले बिगारेको हो ।

असिनापानीले गहुँबाली नष्ट, किसान चिन्तीत

असिनापानीले पाक्न लागेको गहुँबाली नष्ट पारीदिएको छ । पाक्न लागेको र पाकिसकेको गहुँ, जौ लगायत हिउँदेवाली नै नष्ट पारेको हो । जिल्लामा यो आर्थिक वर्षभरी नै अरु बेलाको भन्दा बढी नै वर्षा हो । बेला बेला भईरहने वर्षाले गहु बाली सप्रिएला भन्ने आशमा रहेका किसानहरुलाई गहुँ बारीमा छरेदेखि नै समस्यामा पार्दै आएको छ ।

असिनाले अन्न बालीमा क्षति, ११ सय नास्पातिका बोट नष्ट

असिना पानीले जिल्लाको तल्लो भेगका अधिकांश स्थानीय तहमा लगाएको अन्न बाली चुटेर नष्ट पारेको छ।

असिनापानीले तरकारी तथा गहुँ बाली नष्ट

आइतबार, सोमबार र मंगलबार नौमुले र गुराँस गाउँपालिकामा परेको असिना पानीले आठ सयभन्दा बढी किसान प्रत्यक्ष प्रभावित भएका छन्।

असिनापानीले पकेट क्षेत्रका सुन्तला सखाप

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले २५ रोपनी क्षेत्रफलमा सुन्तला लगाएका छन्। उनको बगानमा उत्पादन दिने एक हजार दुई सय बोट छन्।

असिना पानी र हुरीबतासले क्षति

आइतबार राती सर्लाहीमा असिनापानी एवं हुरीबतासले बालिनालीमा क्षति पु-याएको छ। असिनासहित मेघगर्जन पानी परेको र हुरीबताससमेत चलेकाले मकैं, गहुँजस्ता अन्नबाली तथा आँप, लिचीजस्ता फलफूल एवं तरकारी बालीमा क्षति पुगेको हो।

हावाहुरीसँगै आएको असिनापानीले रौतहटमा क्षति

हावाहुरीसँगै आएको असिनापानीको कारण रौतहटमा ठूलो क्षति भएको छ। मंगलबार बिहान एक्कासी हवाहुरीसँगै आएको असिनापानीका कारण यहाँका धेरै घरमा क्षति पु¥याउनुका साथै गहुँ, उखु, मसुरो, मकैका साथै फलफूल एवं तरकारी खेतीमा समेत करोडौँको क्षति भएको छ।

रुकुममा असिनापानीले हिउँदेबाली नष्ट

जिल्लाको मुसिकोट, आठबीसकोट, चौरजहारी नगरपालिका तथा बाँफिकोट, सानीभेरी, त्रिवेणी गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको हिउँदेवालीमा क्षति पु-याएको स्थानीय जानकारी दिएका छन्।

असिनापानीले करोडौँको तरकारी बाली नष्ट

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ रयालेमा बिहीबार बेलुका परेको असिनापानीले करोडौँको तरकारी बाली नष्ट गरेको छ।

असिनापानीले २० करोडको केराखेती सखाप

हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा  २० करोडभन्दा बढीको केराखेती सखाप भएको छ।

असिनापानीबाट करोडौँको तरकारीबाली नष्ट

पाल्पामा असिनापानीले करौडौँको तरकारी बालीमा नोक्सानी पु¥याएको छ। तीन दिनअघि आएको ठूलो असिनापानीले कृषकले लगाएको मकैबाली, तरकारी, सुन्तला, काफल, लिची नष्ट पारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्