१० मंसिर २०८१ सोमबार
image/svg+xml

स्थानीय तहको भ्रष्टाचार छानबिन हुने

स्थानीय तहमा भएको अनियमितता र भ्रष्टाचारसम्बन्धी मुद्दाको प्रारम्भिक छानबिन सरकार आफैंले गर्ने भएकोछ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्र लेख्दै स्थानीय तहमा भएका अनियमितता र भ्रष्टाचारको छानबिनमा सहयोग गर्न स्थानीय तहलाई अनुरोधसमेत गरेको छ।

वर्षान्तमा मनपरी खर्च,सातामा २२ अर्ब, एकै दिनमा ६ अर्ब

गोष्ठी, तालिम, भ्रमण, पानी, बिजुली, इन्धन, सञ्चार, कार्यालयसम्बन्धी खर्च, विविध खर्च, मर्मतसम्भार, सवारीसाधन मर्मत, फर्निचर, फोटोकपी, खाजालगायतका सयौं वस्तु खरिदमा अर्बौं रुपैयाँ अनियमितता हुने गरेको छ।

अनियमितताको आरोपमा सहकारीमा तालाबन्दी

तनहुँको एक सहकारीमा अनियमितताको आरोपमा सञ्चालक समिति र शेयर सदस्यले छानविनको माग गर्दै ताला लगाएका छन्।

बुढीगण्डकी आयोजनामा अनियमितता विषय सोह्रै आना असत्यः मन्त्री पुन

उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत् आयोजनामा अनियमितता नभएको बताएका छन्।

'कमसल सामाग्री प्रयोग भयो, काम रोक्नुहाेस'

विकास निर्माणका काममा अनियमितता तथा लापारवाही भएको खबर पाएपछि गाउँपालिका अध्यक्षले अनुगमन तथा निरीक्षण गरी लागत अनुमान अनुसारको सामाग्री प्रयोग नगरी कमसल सामाग्री प्रयोग गर्नेलाई कार्वाही थालेका छन्।

सेनाभित्र भ्रष्टप्रति कठोर नीति

नेपाली सेनाले आर्थिक अनियमितता गरेको भन्दै हालैमात्र कालिसिद्धि गणका इन्जिनियर प्रमुख सेनानी केशवराज कार्कीलाई भ्रष्टाचारको आरोपमा जेल चलान गरेको छ। कार्कीले ४९ लाख २९ हजार ८८८ रुपैयाँ सरकारी रकम हिनामिना गरि सैनिक अनुशासन र आचरण उल्लंघन गरेको भन्दै छानबिनका लागि गत बैशाख २३ मा समरी जनरल सैनिक अदालतले पूर्पक्षका लागि थुनामा राखेर कारबाही चलाएको थियो।

अख्तियारको छानबिनमाथि आशंका

लिखित परीक्षाको नतिजा प्रकासनमा अनियमितता भएको भन्दै अख्तियारले थालेको छानबिन किनारा नलाग्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अन्तरर्वार्ता सुरु गरेको छ।

उपभोक्ताबाटै अनियमितता

उपभोक्ता समितिमार्फत् हुने विकास निर्माणका कामको उद्देश्य अनियमितता घटाउने हो। तर हामीकहाँ ठीक उल्टो अभ्यास भइरहेको छ।

अनियमितताबारे अख्तियारले विस्तृत अनुसन्धान गर्दैछ : प्रमुख आयुक्त घिमिरे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले ललिता निवास जग्गामा भएको अनियमितताबारे अख्तियारले विस्तृत अनुसन्धान गरिरहेको बताएका छन्। आयोगको हेटौंडा कार्यालयको आयोजनामा आइतबार कार्यालय प्रमुखहरूसँग छलफल गर्दै उनले जग्गा अनियमितताबारे कार्यालय प्रमुखहरूलाई अनुगमन गर्न निर्देशन पनि दिए।

जनता आवास कार्यक्रम : पक्की घरमा खरको छाना

विपन्न दलित समुदायका लागि जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएको पक्की घरको छानो हाल्न लामो समयसम्म पनि जस्तापाता नपाएपछि लाभग्राहीले खरले छाएका छन्।

योजना अनुगमन गर्दै अख्तियार

हिमाली जिल्ला डोल्पाका स्थानीय तहहरुमा ब्यापक भ्रष्टाचार भइरहँदा समेत अख्तियारको नजर पुग्ननसकेको गुनासो भइरहेको बेला अख्तिायार दुरुपयोग अनुसन्धान आयोगको टोली डोल्पामा पुगेको छ।

विशेषमा न्यायाधीश कम हुँदा मुद्दा छिन्न ढिलाइ

विशेष अदालतमा न्यायाधीश कम हुँदा भ्रष्टाचार, अनियमिततासम्बन्धी मुद्दा छिन्न ढिलाइ भैरहेको छ। आइतबार चुडामणि शर्मा ढकाल र तिलक रावलसमेतको भ्रष्टाचार मुद्दा हेर्न नभ्याइनेमा राखिए। भ्रष्टाचार, अनियमिततासम्बन्धी मुद्दा छिटोछरितो फैसला गर्ने उद्देश्यले बनाइएको विशेष अदालतमा तीनजना न्यायाधीश सरुवा भएपछि दैनिक एउटा मात्रै बेञ्च बस्ने गरेको छ।

अनुदानको चामल बाटोमै बिक्री

नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ। संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्