२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

योजना अनुगमन गर्दै अख्तियार

डोल्प- हिमाली जिल्ला डोल्पाका स्थानीय तहहरुमा ब्यापक भ्रष्टाचार भइरहँदा समेत अख्तियारको नजर पुग्ननसकेको गुनासो भइरहेको बेला अख्तिायार दुरुपयोग अनुसन्धान आयोगको टोली डोल्पामा पुगेको छ।

यहाँका दुई ओटा नगरपालिकामा संचालित योजना र विनियोजित बजेटमा भ्रष्टाचार भएको भन्दै परेका योजनाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतबाट तीन सदस्यीय टोली डोल्पा पुगेको हो।

त्रिपुरासुन्दरी नगरपालिका र ठुलीभेरी नगरपालिकाले आफ्नो क्षेत्रमा संचालन गरेका योजना र भएको भनिएको भ्रष्टाचारका सम्बन्धमा स्थलगत निरीक्षण तथा योजनाको नापजाँच लिने कार्य टोलीले गरिरहेको छ।

आर्थिक वर्ष ०७४।०७५ र ०७५।०७६ मा त्रिपुरासुन्दरी नगरपालिकाले अंगुरका विरुवा खरिद तथा ढुवानी र डोजर खरिदमा गरि तीन करोड भन्दा बढी आर्थिक अनियमितता भएको भनि आयोगमा उजुरी परेको छ।

यसै गरि नगरका मेयर ओमबहादुर बुढा समेत अध्यक्ष रहेको डोल्पो सर्वाङ्गिण विकास समाजका कर्मचारी योगेन्द्र बुढासंग मिलोमतो गरेर डाँलेचुक सम्बन्धि पुस्तक प्रकाशन गर्न  नगरले भुक्तानी गरेको पाँच लाख पचास हजारको पनि आयोगमा उजुरी परेको पाइएको छ।

थोरै संख्यामा पुस्तक प्रकाशन गरेर एक हजार थान प्रकाशित गरेको र प्रति कितावको मूल्य तीन सय बजार मूल्य भन्दा बढी राखेर विश्वास गर्न नसकिने वील भरपाईका आधारमा भुक्तानी गरेकोले महालेखा परीक्षकले समेत आफ्नो प्रतिवेदनमा बेरुजु उल्लेख गरेको पाइएको छ।

यसै गरि ठुलीभेरी नगरपालिकामा प्राप्त २८ करोड बजेटमा सतप्रतिसत रकम भ्रष्टाचार भएको भनि अख्तियारमा उजुरी परेको पाइएको छ।

नगर केन्द्र विवादको फाइदा उठाएर मेयर गणेशबहादुर शाही र कर्मचारी सहितको मिलोमतोमा नगरमा प्राप्त रकममा अनियमितता भएको उजुरीमा उल्लेख छ।

प्रकाशित: ५ जेष्ठ २०७६ ०५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App