१० मंसिर २०८१ सोमबार
image/svg+xml

भृकुटीमण्डपको जग्गा सम्झौता खारेज

समाज कल्याण परिषद्ले भृकुटीमण्डप परिसर जग्गा भाडामा दिइएको सम्झौतामा अनियमितता भएकाले खारेज गर्दै ६० दिनभित्र खाली गर्न पत्र पठाएको छ। जग्गा भाडामा लिने पूर्वमन्त्री टेकबहादुर गुरुङसँग, ल्याम्ह पुचः युवा क्लव, तरकारी बजार रहेको क्षेत्रको भाडा लेनदेन सम्झौता खारेज गर्दै जग्गा खाली गर्न पत्राचार गरेको हो।

नारायणी अस्पतालमा अख्तियारको छापा

वीरगन्जस्थित नारायणी अस्पतालमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। आयोगको हेटौंडास्थित क्षेत्रीय कार्यालयबाट सूचना अधिकारी देवकुमार राईको नेतृत्वमा आएको टोलीले केही कागजात नियन्त्रणमा लिँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुलहकसँग सोधपुछ गरेको छ।

अनियमितताको घेरामा सुशासन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०७५ असोज १७ गते भ्रष्टाचारविरुद्ध नयाँ अभियान लागु गर्न देशभर परिपत्र जारी गर्‍यो।

विमान खरिद अनियमितताको प्रतिवेदन बन्दै

विमान खरिद अनियमितता भएका अहिलेसम्मका पक्रिया प्रतिवेदनमा उल्लेख हुने जनाइएको छ। सुरुवाती चरणदेखि नै समस्या रहेको विमान खरिद पक्रिया जहिल्यै विवादित बन्दै जान थालेपछि समितिले नीतिगत अध्ययन नै थालेको हो। यही वैशाख १९ गते उक्त समितिले यससम्बन्धी प्रतिवेदन सरकारलाई बुझाउने छ।

कार्यालय रित्याएर जनप्रतिनिधि भ्रमणमा, सेवाग्राही खाली हात फर्किए

निकै भीडभाड हुने गाउँपालिकाको कार्यालयमा उनी आउँदा बन्द जस्तै थियो। कार्यालयमा कोही नभएको भन्दै यहाँका एक जना कार्यालय सहयोगीले उनलाई बाहिरैबाट फर्काएपछि लिला रित्तो हात घर फर्किइन्।

आर्थिक अनुशासनहीनता

मुलुकको बेरुजु रकमयो आर्थिक वर्षमा ६ खर्ब ८३ अर्ब ६६ करोड रुपैयाँपुग्नुले आर्थिक अनुशासनहीनताको चरम रूपदेखिन्छ। अझ अघिल्लो आर्थिक वर्षको भन्दा ३६.७१ प्रतिशतले बढी रकम बेरुजुदेखिनुले पनि अनुशासनहीनताको ग्राफह्वात्तै बढेको प्रस्ट भएको छ। अघिल्लो आर्थिक वर्ष कुल बेरुजु रकमपाँचखर्ब आठ करोड रुपैयाँ थियो। यस हिसाबले हेर्ने हो भने आर्थिक वर्ष २०७४÷७५ को लेखापरीक्षणबाट एकखर्ब ४१ अर्ब रुपैयाँ बेरुजु थपिएको छ।

अनियमिततातर्फ उन्मुख राज्यसंयन्त्र

संघ, प्रदेश र स्थानीय, तीनै तहका सरकारले आफ्नो पहिलो वर्ष पूरा गरेका छन्। जनप्रतिनिधिबाट सम्पादन हुने काममा सार्वजनिक विकास, प्रशासनका कुरा त परै छाड्दिउँ, राजनीतिक क्षमतासमेत सर्वथा अभाव रहेको प्रस्टै छ। किनकि तीनवटा बाहेक चारवटा प्रदेशले आजसम्म आफ्नो नामकरण र राजधानी तोक्नसमेत सकेका छैनन्। यसले जनप्रतिनिधिको राजनीतिक क्षमता छर्लङ्ग पार्छ।

जहाज खरीद प्रकृया सुरु गर्दै अनियमितताः समिति

जहाज किन्दा भएका कमिकमजोरी छानविन गर्न गठीत संसदीय समितिले आगामी हप्ता सरकारलाई प्रतिवेदन दिँदै छ। जहाज खरिदको विषयमा अध्ययन गरेर समितिले प्रतिवेदन दिन थालेको हो।

३० ठूला अनियमिततामाथि छानबिन जारी : अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल ३० वटाभन्दा बढी विषयमा छानबिन गरिरहेको जनाएको छ। आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भ्रष्टाचारका विषयमा ठूला धनराशिका ३० भन्दा बढी विषयमा सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएका हुन्।

गन्तव्य हुँदाहुँदै नयाँ खाेजी

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका उच्च अधिकारीहरु विदेशी वायुसेवा कम्पनीको प्रलोभनमा पर्दा पर्याप्त गन्तव्य हुँदा हुँदै पनि जहाज थन्क्याएर राखेको पाइएको छ।

रञ्जुले अख्तियारमा मुद्दा हालेपछि बिना मगर आक्रोशित, चरित्र हत्या नगर्न चेतावनी

खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनासँग जोडेर आफ्नो चरित्र हत्याको प्रयास भइरहेको आरोप लगाएकी छिन्। विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले मेलम्ची आयोजनामा अनियमितता गरेको भन्दै खानेपानी मन्त्रालय र मन्त्रीविरुद्ध उजुरी दिएका बेला बुधवार विज्ञप्ति जारी गर्दै मन्त्री मगरले प्रमाणविना आफ्नो स्वार्थपूर्तिका लागि चरित्रहत्या नगर्न चेतावनी दिएकी छिन्।

अख्तियारसँग अपेक्षा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध मंगलबार दायर गरेको मुद्दा धेरै अर्थमा भविष्यका निम्ति पनि मार्गदर्शक बन्न सक्छ। अन्यथा, पदमा रहँदा अनियमिततामा संलग्न रहने ‘ठूला माछा’ ले राजीनामा गरी हटेपछि अनियमितताप्रति जवाफदेही हुनुपर्ने अवस्था रहँदैनथ्यो। कानुनतः आफूले गरेको अनियमितताप्रति जिम्मेवारी रहने भए पनि यहाँ व्यवहारिकता जस्तो बन्न पुगेको हो। आखिर पदमा रहँदा सबैले केही न केही गडबडी गरेकै छन्।

पूर्वमन्त्री न्यौपाने धरौटीमा रिहा

तत्कालिन महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपाने धरौटीमा रिहा भएका छन्। भृकुटीमण्डपस्थित फनपार्क भाडा प्रकरणमा अनियमितता गरेको भन्दै न्यौपानेसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

कर्मचारी नै उपभोक्ता समितिमा बसेर अनियमितता

जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर ७ मा एक योजनाको उपभोक्ता समितिमा  सरकारी कर्मचारी नै उपभोक्ता समितिको अध्यक्ष बनेर लाखौ रकम हिनामिना गरेको पाईएको छ।

अख्तियारले थाल्यो ठूला घोटालामा छानबिन

सत्तामा पहुँच भएका र प्रभाव जमाएका व्यापारीको स्वार्थ जोडिएका ठूला परियोजनामा आर्थिक अनियमितताको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। राज्यलाई अर्बौं रुपैयाँ हानि–नोक्सानी पुग्नेगरी भएका आर्थिक अपचलनमाथि आयोगले अनुसन्धान थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्