२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मादपण्ड मिचेर ढुंगा रोडा झिक्दा सामुदायिक वन जोखिममा

ठेकेदार कम्पनीले सडकको भित्ता खनेर मनोमानी रोडा झिक्दा खोटाङको नुनथलास्थित दुई सामुदायीक वन जोखिममा परेको छ।

भारतीय र चिनिया सैनिकबीच ढुंगा हानाहान

चीन भारत बीचको  विवादित सीमा क्षेत्र लद्दाखमा  चिनिया र भारतीय सैनिक बीच ढुङ्गा हानाहान हुँदा दुवै तर्फका केही सैनिकहरू घाइते भएका छन्।

ढुंगाले लागेर बेलायती नागरिकको मृत्यु

मुस्ताङको खासाङ गाउँपालिका–४ घोप्टेभीरमा ढुंगा खसेर लाग्दा एक विदेशी नागरिकको ज्यान गएको छ। म्याग्दी र मुस्ताङको सीमानामा पर्ने भीरको माथिबाट खसेको ढुंगाले २२ वर्षीया बेलायती युवतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

घरमाथि ढुंगा खस्यो, तीन छोराछोरीको मृत्यु

सान्नी त्रिवेणी गाउँपालिका–६, पोरिवन काब्रागाउँस्थित बुँदे सार्कीको घरमाथिबाट ठूलो ढुंगा खस्दा दुई छोरी र एक छोरा गरी तीनको मृत्यु भएको छ। आइतबार मध्यराति परेको मुसलधारे पानीपछि खसेको ढुंगाले थिचिएर बुँदेकी १३ वर्षीया छोरी ललिता, ९ वर्षीय छोरा लंक र ५ वर्षीया छोरी कल्पनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ढंगाले पुरिएका तीनवटै शव सोमबार नेपाली सेना र प्रहरीले निकालेका छन्।

ढुंगाले च्याप्दा तीनको मृत्यु

सान्नित्रिवेणी गाउँपालिकाको एक घरमा बाढीसँगै आएको ढुंगाले घर पुर्दा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

ढुंगाले लागेर एकको मृत्यु

जयपृथ्वी नगरपालिका ७ मा भिरबाट ढुंगा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ। बा ६४ प ६२१० नम्बरको पल्सल मोटरसाइकलमा मोदीबगरबाट सदरमुकाम चैनपुर तर्फ आउँदै गर्दा जयपृथ्वी नगरपालिका ७ को कचाली खोलाको भिरमा माथीबाट ढुंगा खस्दा बर्ष २६ का सुरेन्द्र खड्काको घटनास्थलमै मृत्यु भएको हो।

घरभन्दा ठूलो ढुंगा खस्दा ३ बच्चा पुरिए, ७ जना घाइते

घरमाथिबाट ठूलो ढुंगा खस्दा एकै घरका तीन बच्चा पुरिएका छन् भने ७ जना घाइते भएका छन्। सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ६ पोरिवन काब्रागाउँमा घरभन्दा ठूलो ढंगा खसेपछि तीन बालबालिका पुरिएका हुन्।

ढुंगानालाई अन्तर्राष्ट्रिय अनलाइन पुरस्कार प्रदान

एक दशकदेखि डिजिटल पत्रकारितामा सक्रिय कृष्ण ढुंगानालाई वेलायतमा स्थापना गरिएको सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार—२०१७ प्रदान गरिएको छ।

अवैध रुपमा ढुंगा झिक्न खोज्दा ट्याक्टर चालकको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको घट्नास्थलमै मृत्यु भएको छ । गाईघास्थित बरुवाखोलाबाट ढुंगा निकालेर गाईघाटतर्फ ल्याउन लाग्दा ट्याक्टरको ट्रली पल्टेर इन्जिनसँग च्यापिएर त्रियुगा नगरपालिका ११ गाईघाटका मनोज परियारको निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

कांग्रेसका मेयर उम्मेदवारको गाडीमा राजपा कार्यकर्ताले ढुंगा हाने

राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यकर्ताले कांग्रेसको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडियाको गाडीमा ढुंगा हानेका छन्। कनोडियालाई लिन उनको निवासतर्फ जाँदै गरेको बेला बिहान ८:१० बजे बा१४छ १३४७ नम्बरको गाडीमा ढुंगा हानिएको जिल्ला प्रहरी कार्यालयका एसपी टेकप्रसाद राईले जानकारी दिए। उनका अनुसार गाडीको सिसा फुटेको छ।

डोजरबाट खसेको ढुंगा लागेर एकको मृत्यु

डोजरबाट खसेको ढुंगा लागेर शिखर नगरपालिका–६ बस्ने ७३ वर्षीय बागे दमाइको मृत्यु भएको छ। सोही नगरपालिका–२ स्थित कालागार्ड देखी मुडे गाँउ जाने कच्ची सडक निर्माण गर्ने क्रममा शुक्रबार ढुंगा खस्दा उनी घाइते भएका थिए।

बिस्केट जात्रामा ढुंगा हान्ने थप ८ पक्राउ

भक्तपुरको बिस्केट जात्रामा सोमबार राति भैरवनाथको रथ तान्ने क्रममा ढुंगा प्रहार गर्ने थप ८ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

नागरिकन्युजकर्मी ढुंगानालाई अनलाइन पत्रकारिता पुरस्कार

दश वर्षदेखि अनलाइन पत्रकारितामा सक्रिय पत्रकार कृष्ण ढुंगानालाई सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ।

एमाले नेताको बाटो छेक्न मोर्चाद्वारा सुरक्षाकर्मीमाथि ढुंगामुढा, प्रहरीद्वारा हवाई फायर

एमालेको मेची(महाकाली अभियान बिथोल्ने प्रयसा गरिरहेको मधेसी कार्यकर्तासँग प्रहरीको झडप भएको छ। नेपालगञ्ज–बर्दिया रोड सोनपुरमा दुई पक्षबीच झडप भएको हो। प्रहरीमाथि ढुंगामुढा गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। झडप भइरहेको स्थान एमालेको मेची-महाकाली अभियानको सभा भइरहेभन्दा ७ किलोमिटर पश्चिम हो।

एमाले सांसद् चढेको गाडीमा ढुंगामुडा, ओलीलाई रोक्न लाठी जुलुसको तयारी

मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार एमाले सांसद रञ्जु झा ठाकुरको गाडीमा ढुंगामुढा गरेका छन्। काठमाडौंबाट शुक्रबार गृह नगर राजविराज आएकी ठाकुर राजविराज–५ स्थित जिल्ला पार्टी कार्यालय जान लाग्दा उनको गाडीमा मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेका हुन्। मोर्चाका नेता गजेन्द्र मण्डलले सांसद ठाकुरको गाडीमा ढुंगामुढा गरेको स्वीकारे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्