२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

दासढुंगा जीप दुर्घटना बारे राष्ट्रपति भण्डारीले मुख खोलिन्

राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताएकी छिन् ।

‘बोक्सी’ भनेको रिसमा ढुंगा प्रहार गरी हत्या

‘धमिनी’ भनेर गाउँघरमा चिनिने उदयपुरगढी गाउँपालिका ७ विरालीटारकी ३१ वर्षीया संगीता कार्की विरामीको झारफुक गरेर जिविकोपार्जन गर्ने पेशा गर्छिन्। मंगलबार यस्तै काम गर्दै उनी सदरमुकाम त्रियुगा नगरपालिका ७ चुहाडे चोक पुगिन्। दिन ढल्किसकेको हुनाले भोकले पनि च्यापेको भन्दै उनी आफुसँगै रहेकी गाउँकै ४५ वर्षीया बुद्धिमाया मगर खाजा खान भनेर चुहाडेस्थित एक होटल छिरे।

‘छिनोको चोटले बढ्छ ढुंगाको मोल’

रुपन्देहीका रामजी कुशवाडिया (२२) ले काठमाडौं आई ढुंगामा छिनो चलाउन थालेको एक दशक भइसक्यो।

पहिलो गाँसमै ढुंगा

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको आइतबारको बैठक र दिवाभोज नयाँ सरकारलाई हेरिबसेका सर्वसाधारणका निम्ति ‘पहिलो गाँसमै ढुंगा’जस्तो बन्न पुगेको छ । नयाँ सरकारका प्रधानमन्त्री ओलीले आफूलाई आचारसंहितामा बाँधेर अघि बढे भने उनको छविमा थप निखार आउनेमा कुनै शंका छैन।

स्वर्णिम क्षण र कोशेढुंगा

मधेस मात्र होइन, यतिखेर अन्य छ वटा प्रदेशहरूमा पनि नयाँ ऊर्जाशील राजनीतिक नेतृत्वको उदय भएको छ । नेपालको संविधान २०७२ को कार्यान्वयनसँगै समयक्रममा देखिँदै जाने यस्तै सकारात्मक प्रभावहरूले नै यसको स्वीकार्यता अझै बढाउँदै जानेछ । यही संविधानअनुसार भएको प्रदेशसभा निर्वाचनले नै मधेसमा स्वर्णीम क्षण ल्याएको छ र अपूर्व सम्भावनाको द्वार उघारेको छ।

चुडामणी शर्माको घरमा ढुंगामुडा, केही पक्राउ

काठमाडौं – आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्माको घरमा ढुंगामुडा गरिएको छ।

ढुंगाले च्यापेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

ढुंगाले च्यापेर बैतडीको सुर्नया गाउँपालिकामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन्।

यस्ता छन् ढुंगामा कोरिएका मल्लकालीन अभिलेख

‘हामीले इतिहास खोतल्दै जाँदा काठमाडौंका राजा प्रताप मल्लले भक्तपुरमाथि चारैतिरबाट आक्रमण गर्दा चट्टान अभिलेख बनाउँदै गएको भेटायौं । केही वर्षअघि मात्रै भक्तपुरको ख्वप कलेजमा पढ्ने विद्यार्थीले यी चट्टानबारे जानकारी दिएका थिए । त्यो भन्दाअघि यहाँ महत्त्वपूर्ण चट्टान छ भन्ने धेरैलाई थाहै थिएन ।’

२९ वर्षमा पनि बनेन सीतापाइला–भीमढुंगा सडक

काठमाडौं नागार्जुन– ८ भीमढुंगास्थित घरबाट सीतापाइला चोकस्थित पसलसम्म बाइकमा पुग्दा शिव पोखरेलको शरीरभरि धुलैधुलो हुन्छ । यही बाटोबाट हिँड्दा वर्षात्का बेला भने उनी हिलाम्मे भएर पसल पुग्थे।

ढुंगाको ‘गरिमा’

यकिन तिथिमिति थाहा छैन । यद्यपि, यसो यादहरूलाई यु–टर्न गर्दा सम्झन्छु, पाँच वर्षअघिको फाइल सम्झना हो यो । हृदयको फोल्डरमा सुरक्षित उक्त फाइल सम्झना जो, मैले धेरैपटक मेट्न खोजेँ, नष्ट गर्न खोजेँ परन्तु हृदयका अवयवमा कुन्नि के मिलेन र हरेकपटक हृदयले भन्यो, ‘अनेबल टु डिलिट’ ।

ढुंगागिटी निर्यात खुलाउने तयारीमा सरकार

सरकारले ढुंगा गिटी निर्यात खोल्ने तयारी गरेको छ। ढुंगा गिटी तस्करहरुको प्रभावमा यस्तो तयारी गरेको हो। आपूर्तिमन्त्रालयले यसको लागि प्रस्ताव समेत तयार पारेको स्रोतले बतायो। ‘मन्त्रालयले ढुंगा गिटी निर्यात खोल्ने तयारी गरेको छ’, स्रोतले भन्यो, ‘सम्भवत अब बस्ने मन्त्रिपरिषद बैठकमा यो प्रस्ताव पेस हुन्छ।’

ढुंगा तस्करीले ठूला आयोजनाको काम प्रभावित

बढ्दो ढुंगा निकासीले कैलालीमा सञ्चालित विकास निर्माणका काममा प्रभाव परेको छ। जिल्लामा सञ्चालित सबैजसो सानाठूला विकास निर्माणका काममा ढुंगा अभाव हुन थालेको छ।

ढुंगाले लागेर एक महिलाको मृत्यु

बाटो निर्माणका क्रममा माथिबाट झरेको ढुंगाले लागेर तुलसीपुर उपमहानगरपालिका वडा नं १९ की ३५ वर्षीया पातली सुनारको गए राति मृत्यु भएको छ।

तरुल खन्दा ढुंगाले च्यापेर बालकको मृत्यु

अछामको रामारोशन गाउँपालिका ५ मा एक बालकको तरुल खन्ने बेला ढुंगाले च्यापेर एक बालकको ज्यान गएको छ ।

राजधानीसँग नजिकिँदै ओखलढुंगा

सिन्धुली र ओखलढुंगाको बीचबाट सुनकोसी नदी बगिरहेको छ । सिन्धुलीतिर कोशीको तिर हुँदै मध्यपहाडी राजमार्ग भएर सवारी हुइँकिरहेका छन् । ओखलढुंगा चम्पादेवीका वासिन्दा गाडी चढ्न सिन्धुली आइपुग्नपर्छ । झोलुङेबाट सुनकोसी तरेर नवलपुर घाट आएर गाडी चढ्नपर्छ । कि त उदयपुरको घुर्मी वा रामेछापको साँघुटार हुँदै ओखलढुंगा पुग्नुपर्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्