२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ओखलढुंगा डाँडो र म

बाल्य उत्सुकताले ज्ञान, चेतना र अनुभवको आधारशिला निर्माण गर्दा रहेछन् । ती जीवनका प्रथम सूत्राधार रहेछन् । कम्ती रमाइलो लागेको थिएन, पहिलोपटक हाट जाँदा ! आफ्नो गाउँ, बेतिनीबाट म आमासँग ओखलढुंगा बजार गएको थिएँ । शनिबार ओखलढुंगा बजारको माथ्लापट्टि हाट लाग्ने गथ्र्यो, जहाँ अहिले पनि उसरी नै लाग्ने गर्छ । ५–६ वर्षको थिएँ म, मधुरा सम्झना छन् । किनमेल, सुक्रिबिक्रीपछि चिया पसलमा गएर खाएको चिया कति मीठो लागेको थियो । जाँदाजाँदै बजारका ठुल्ठूला घर, पसल, मान्छेको चहलपहल अनि हाट लाग्ने ठाउँमा पुगेपछि त झन् कति धेरै मान्छे ! रमाइलो लाग्नुको सीमा थिएन । क्रमशः म ओखलढुंगाको हाटबजारसँग परिचित हुँदै गएँ ।

ड्याङगोटेलाई चुनढुंगा खानी दिन अस्वीकार

गएको वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालले शतप्रतिशत विदेशी लगानीको ड्याङगोटे सिमेन्ट नेपाललाई चुनढुंगा खानी उपलब्ध गराउने निर्णय ग¥यो । प्रधानमन्त्रीको अध्यक्षतामा हुने लगानी बोर्डको बैठकबाट गरिएको उक्त निर्णयलाई कार्यान्वयनमा ल्याउन भन्दै खानी तथा भूगर्भ विभागमा पेस गरियो ।

ओखढुंगामा स्वास्थ्य शिविर, ६८० जना लाभान्वित

मोलुङ गाउँपालिका र सुनकोसी गाउँपालिका सञ्चालित स्वास्थ्य शिविरमा ६८० जनाले स्वास्थ्य परीक्षण गराएका छन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित पि.एस.आर.एन.तथा सुरेश दाहालको अगुवाइ र सुनकोसी १० का नेत्रप्रसाद दाहालको संयोजनामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा विशेषगरी महिला तथा बृद्धबृद्धाले स्वास्थ्य परीक्षण गराएका थिए।

‘हरियो ढुंगा’मा शरणार्थी पीडा

रातुको बगरमा ढुंगा खोज्ने निचुले कान्छाले एकदिन हरियो ढुंगा फेला पार्छ । देखिरहेको ढुंगाभन्दा फरक ढुंगाले निचुलाई कौतुहल बनाउँछ । उसले त्यो ढुंगा आफ्नी श्रीमतिलाई देखाउँछ । पालैपालो सबैले हेर्छन् । ढुंगालाई कसैले हिरा भन्छन् त कसैले यसलाई अमूल्य वस्तु भन्ठान्छन् ।

ढुंगा खानीमा पुरिएका युवाको मृत्यु

खोटाङमा ढुंगा झिक्नेक्रममा ढुंगा खानीमा पुरिएका युवाको मृत्यु भएको छ। ढुंगा खानीमा ढुंगा झिक्नेक्रममा माथिबाट खसेको ढुंगामाटोले पुरिँदा घाईते भएका रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका २७ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए।

कलंकीबाट मोटरसाइकल चोर्ने भीमढुंगामाा पक्राउ

मकवानपुरको कैलाश गाँउपालिका–६ स्थायी घर भई नागार्जुन नगपालिका–४ बसोबास गर्दै आएका २८ वर्षीय रामबहादुर वाईवालाई चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ।

ओखलढुंगामा वाम गठबन्धनको ‘क्लीन स्वीप’

ओखलढुंगामा वाम गठबन्धनले ‘क्लीन स्वीप’को इतिहास रचेको छ ।  एक प्रतिनिधिसभा र दुई वटै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेद्वार विजयी भएको छ । प्रतिनिधिसभामा वाम गठबन्धन (एमाले) का उम्मेद्वार यज्ञराज सुनुवार, प्रदेशसभा (क) मा वाम गठबन्धन (एमाले) का उम्मेद्वार अम्बीरबाबु गुरुङ र प्रदेशसभा (ख) मा वाम गठबन्धन (माओबादी केन्द्र)का मोहन खड्का विजयी भएका हुन् ।

ओखलढुंगामा वाम गठबन्धनका सुनुवार र गुरुङ विजयी

ओखलढुंगामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा (क) मा वाम गठबन्धनको विजय भएको छ । शनिबार बिहान सार्वजनिक परिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धन (एमाले) का उम्मेद्वार यज्ञराज सुनुवार र प्रदेशसभा (क) मा वाम गठबन्धन (एमाले)का उम्मेद्वार अम्बीरबाबु गुरुङ बिजयी भएका हुन् ।

ओखलढुंगामा यज्ञराज सुनुवारको अग्रता

ओखलढुंगामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको मतान्तर १ हजार १४३ देखिएको छ। पछिल्लो मत गणना अनुशार एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार यज्ञराज सुनुवारले १६ हजार ६४२ मत सहित अग्रता कायम गरेका छन्।

ओखलढुंगामा वाम गठबन्धनकै अग्रता

ओखलढुंगामा पनि वाम गठबन्धनका उम्मेद्वारले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणमअनुसार प्रतिनिधिसभा सदस्यमा कांग्रेस र एमालेका उम्मेद्वारबीचमा १०८९ मतको अन्तर देखिएको छ ।

ओखलढुंगामा खतिवडा र सुनुवारबीच 'नेक टु नेक' प्रतिस्पर्धा

दुई केन्द्रिय नेता चुनावीसभालाई सम्बोधन गर्न शनिवार ओखलढुंगा पुगे। वाम गठबन्धनका नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड। उनीहरु ओखलढुंगा पुग्नुको एउटै उद्देश्य थियो– आफ्नो पार्टीका उम्मेदवारलाई जिताउने।

ओखलढुंगामा बम विस्फोट

वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी शनिबार बिहान बम विस्फोट गरिएको छ।

ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ओखलढुंगा जिल्लामा एक हजार १२८ जना कर्मचारी खटाइने भएको छ।  पहिलो चरणअन्तर्गत आगामी मंसिर १० हुन लागेको निर्वाचनका लागि यस जिल्लामा एकहजार १२८ कर्मचारी खटाउन लागेको ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए।

चुनाव खर्च महंगियाे : दमननाथ ढुंगाना

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभाका कांग्रेस उम्मेदवार दमननाथ ढुंगानाले निर्वाचन खर्च दैनिक महंगो हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले सामान्य व्यक्तिले अब निर्वाचन लड्न नसकिने अवस्थामा पुगेकोसमेत बताए

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्