स्थानीय तहमा विषयगत शाखाको बिजोग
‘एउटा शाखामा सेवाग्राही आउँदा अर्को शाखाको काममा बाधा पुग्छ, कार्यक्रमका योजना बनाउन र आवश्यक तयारी गर्न निकै अप्ठेरो भएको छ, कार्यालयका गोपनीय सूचना समेत सुरक्षित छैनन् ।’
‘एउटा शाखामा सेवाग्राही आउँदा अर्को शाखाको काममा बाधा पुग्छ, कार्यक्रमका योजना बनाउन र आवश्यक तयारी गर्न निकै अप्ठेरो भएको छ, कार्यालयका गोपनीय सूचना समेत सुरक्षित छैनन् ।’
नागार्जुन–४, रानीपाटीकी ८१ वर्षीया ज्ञानमाया श्रेष्ठ बाल्यकालमा साथीहरूसँग रानीपाटी ढुंगेधारामा नुहाएको अझै सम्झिन्छिन् । त्यतिबेला कलंकीदेखि बालाजुसम्मका मान्छेहरू गाग्री बोकेर ढुंगेधारामा पानी लिन आउने उनलाई स्मरण नै छ । ‘बिहान सबेरैदेखि पानी थाप्न मान्छेको लाइन लाग्थ्यो, दिनभरि धारो खाली हुँदैनथ्यो,’ उनले बाल्यकालको समय सम्झिइन्।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राम्रो सरकार भए देशका आधा समस्या आफैं समाधान हुने बताएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आइतबार ललितपुरमा आयोजना गरेको नेपाल मानवअधिकार वर्षपुस्तक २०१८ विमोचन समारोहमा कार्कीले भनिन्, ‘जहाँ सरकार गुणवान् हुन्छ, ५० प्रतिशत समस्या आफैं हल हुन्छ । न अन्याय हुन्छ, न अत्याचार । सरकारले हेर्दै नहेरेर त समस्या आएका छन्।’
गत साता काठमाडौं बस्ने धादिङबसेरीका जीतबहादुर गुरुङ घर फर्कन नयाँ बसपार्कतिर जाँदै थिए ।झोला भिरेका उनलाई बसपार्क नपुग्दैएक कन्डक्टरले जबर्जस्ती तानेर आफ्नो बसभित्र राखे।
नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर चिह्व प्राप्त गरेकामध्ये आर्थिक वर्ष २०७४–०७५ मा निरीक्षणका क्रममा गुणस्तरमा कैफियत भेटिएको भन्दै ४५ पटक कार्बाही गरेको छ । तिनलाई इजाजत रद्द र स्थगन गर्ने, बिक्री वितरणमा रोक लगाउने, गुणस्तर चिह्न प्रयोगमा रोक लगाउने, सचेत गराउनदेखि स्पष्टीकरण माग गर्नेसम्मको कार्बाही गरिएको विभागकी उपनिर्देशक रोमा मानन्धर रावलले जानकारी दिइन्।
काठमाडौं नागार्जुन– ८ भीमढुंगास्थित घरबाट सीतापाइला चोकस्थित पसलसम्म बाइकमा पुग्दा शिव पोखरेलको शरीरभरि धुलैधुलो हुन्छ । यही बाटोबाट हिँड्दा वर्षात्का बेला भने उनी हिलाम्मे भएर पसल पुग्थे।