हिजो–आज, नेपाली पत्रपत्रिकामा किसानले धान रोपिरहेका तस्बिर देख्दा छुट्टै आनन्द मिल्छ। कोरिया र नेपाल दूरीका हिसाबले टाढा रहे तापनि धेरै समानता रहेकोबारेमा हामी जानकार नै छौँ।
व्यक्तिगत रूपमा म स्वयंले भोगेको परिवेश आज लाखौँ संख्यामा वैदेशिक रोजगारीमा रहनुभएका नेपाली परिवारजनले भोगिरहनुभएको छ। हालको अवस्था सञ्चार क्षेत्रले फड्को मारिसकेको हुँदा हाम्रो पालाको भन्दा थोरै भिन्नता पाउन सक्छौँ।