१६ वैशाख २०८१ आइतबार
image/svg+xml

गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरीकाे मृत्यु

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ।

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ। मृत्युु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन्।

चिप्लिएर घाइते भए, उपचार गरेर फर्कदा पहिरोमा परेर ज्यान गुमाए

मकवानपुरमा सुक्खा पहिरामा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ।

लेटाङ घटनाः महिला प्रहरीको मृत्यु, दर्जनौं घाइते

दोहोरो झडपमा परी प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ भने एसपीसहित २९ जना प्रहरी घाइते भएका छन्।

प्रहरी र स्थानीयबीचको झडपमा प्रहरीको मृत्यु भएपछि लेटाङमा कर्फ्यू

लेटाङ नगरपालिका क्षेत्रमा सोमबार बिहानदेखि लागु हुने गरी कर्फ्यूआदेश जारी भएको छ। आइतबार लेटाङ–५ मा भएको झडपपछि उत्पन्न तनाव हुँदा एकजना महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियाे।

कोरोनाबाट नगर प्रहरीको मृत्यु, अत्यावश्यकबाहेक महानगरका सबै सेवा बन्द

विराटनगर महानगरपालिका र अन्तर्गतका कार्यालयको अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिने भएको छ। विराटनगर महानगरपालिकाले शनिबार सूचना प्रकाशित गरी महानगरपालिका र मातहतका कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको जानकारी दिएको हो।

ट्रकको ठक्करबाट प्रदेश २ को मन्त्रिपरिषद् कार्यालयमा कार्यरत प्रहरीको मृत्यु

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक मदनजङ्ग कापरको मृत्यु भएको हो। उनी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका थिए। आज बिहान करीब ३ बजे प्रहरी सहायक निरीक्षक कापरको शव बरामद भएको थियो।

उत्तरी अफगानिस्तानकाे भिडन्तमा आठ प्रहरीको मृत्यु

तालिबान समूहले बाल्खको भिडन्तमा १२ जना प्रहरी मारिएको दाबी गरेका छन्। तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै सुरक्षा जाँच चौकीबाट लडाकूहरुले एउटा बख्तरबन्द सैन्य सवारी साधन र हातहतियार कब्जा गरेको बताएका छन्।

टिपरको ठक्करबाट डिउटीमा रहेका प्रहरीको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको नयाँ ठिमी चोकमा भएको दुर्घटनामा परी सडकमा डिउटीमा रहेका प्रहरी नायब निरीक्षक निमबहादुर घर्तीको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्