coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोनाबाट नगर प्रहरीको मृत्यु, अत्यावश्यकबाहेक महानगरका सबै सेवा बन्द

विराटनगर महानगरपालिका र अन्तर्गतका कार्यालयको अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिने भएको छ। विराटनगर महानगरपालिकाले शनिबार सूचना प्रकाशित गरी महानगरपालिका र मातहतका कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको जानकारी दिएको हो।  

विराटनगर महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले बैशाख १९ गतेदेखि महानगरपालिका र अन्तर्गतका कार्यालयबाट प्रवाह हुने स्वास्थ्य, सरसफाइ, बारुण यन्त्र, एम्बुलेन्स र नगर प्रहरी बाहेक सबै सेवा बन्द हुने बताए।

उनका अनुसार महानगरपालिकाका क्षेत्रमा तीव्र  रुममा महामारी फैलिएको र महानगरपालिकाका कर्मचारीहरूलाई पनि संक्रमण भएका कारण अत्यावश्यकबाहेकका सबै सेवा वैशाख १९ गतेदेखि २५ गतेसम्मलाई बन्द गरिएको हो।

कोरोना संक्रमणकै कारण विराटनगर महानगरपालिकाका नगर प्रहरी सुर्यबहादुर घिमिरेको शनिबार विहान उपचारका क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको थियो।

प्रकाशित: १८ वैशाख २०७८ १०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App