१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरी र स्थानीयबीचको झडपमा प्रहरीको मृत्यु भएपछि लेटाङमा कर्फ्यू

होली खेल्दा शिक्षकले विधार्थीलाई  दुर्व्यवहार  गरेको भन्दै उत्पन्न विवादले उग्ररूप लिएपछि  मोरंग प्रशासनले लेटाड नगरपालिकाका केही स्थानमा सोमबार बिहानैदेखि कर्फू आदेश जारी गरेको छ। आइतबार साँझ त्यहीकै एक स्थानीय विद्यालयमा प्रहरी  र स्थानीयबीच झडप हुँदा एक जना महिला प्रहरीको मृत्यु भएको थियो।

लेटाङ नगरपालिका क्षेत्रमा सोमबार बिहानदेखि लागु हुने गरी कर्फ्यू आदेश जारी भएको छ। आइतबार लेटाङ–५ मा भएको झडपपछि उत्पन्न तनाव हुँदा एकजना महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियाे।

झडपका क्रममा एसपीसहित १८ जना प्रहरी घाइते भएको र आन्दोलनकारीतर्फ ३ जना घाइते भएको प्रहरीले जनाएको छ। यस झडपपछि सोमबार (आज) उग्र रूप लिन सक्ने सम्भावना भएको र दंगा नफैलियोस् भनेर त्यसलाई नियन्त्रण गर्न सोमबार बिहान ७ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्म नगरको विभिन्न क्षेत्रलाई समेटेर कर्फ्यू आदेश जारी गरेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहालले बताए।

लेटाङ वडा नं.५ पूरै, ३ र ४ को गंगे चोक, कमलपुर ,उत्तरमा वडा नं.६ वडा कार्यालयको क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोलासम्मको क्षेत्रमा कर्फ्यू लगाइएको प्रजिअ दाहालले जानकारी दिए।

कक्षा– ६ मा अध्ययनरत महिला विद्यार्थीलाई ५६ वर्षीय शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै  विद्यार्थी, अभिभावक र स्थानीयले आन्दोलन गरेको थिए। विद्यार्थीलाई दुर्व्यवहार  भएको घटना सार्वजनिक भएसँगै आक्रोशित गाउँलेले विद्यालय घेरेका थिए।

लेटाङ नगरपालिकाका प्रमुख शंकर राईका अनुसार घटना भएपछि उग्रभएको र भीड नियन्त्रणका लागि सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको थियो। आक्रोशित भीडले शिक्षकलाई विद्यालय परिषरबाट बाहिर निकालेर कुटपिट गर्न खोजेपछि तनावग्रस्त भएकाे थियाे। विद्यालय तनावग्रस्त हुँदा स्थिति नियन्त्रण गर्न गएको प्रहरी र आन्दोलनकारीबीच झडपमा महिला प्रहरीकाे मृत्यु भएकाे थियाे। 

प्रकाशित: ७ चैत्र २०७८ ०१:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App