६ वैशाख २०८१ बिहीबार

सङ्क्रमण फैलिन नदिन सिरहामा सतर्कता, सीमा नाकामा हेल्थ डेस्क स्थापना

भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको जोखिम सिरहामा पनि पर्न सक्ने भन्दै भारतसँग जोडिएको सिरहाको माडर, ठाडी, बरियारपट्टी, औरही र नवराजपुर नाकामा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ।

भारतमा कोरोनाको जोखिम बढ्दै, प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता

छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ।

सीमा नाकामा हेल्थडेस्क

भारतमा कोरोनाको दोस्रो लहर सुरु भएपछि बैतडीको सीमा नाकामा पनि सर्तकता अपनाउन थालिएको छ। भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई नाकामा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

सीमा नाका खोल्न माग गर्दै धर्ना

कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु गरिएको छ।

सीमा नाका खोल्न माग गर्दै शान्तिपूर्ण विरोध धर्ना

सर्वपक्षीय जिल्ला सङ्घर्ष समितिको आयोजनामा सर्लाही सदरमुकाम मलङ्गवास्थित गोरखकाली नेपाल–भारत मुख्य सीमा नाका खोल्नुपर्ने माग राख्दै शान्तिपूर्वक धर्ना कार्यक्रम गरिएको छ।

सीमा नाकामा आउजाउ गर्न दिइदा कोरोना फैलने जोखिम बढ्यो

कपिलवस्तुका सीमा नाकाहरुमा आउजाउ गर्न दिइदा जिल्लामा फेरी कोरोना फैलने जोखिम बढेको छ । कोरोना भाइरसका कारण सरकारले तोकिएको नाकाबाट मालबाहक सवारी सधान बाहेक अरुलाई आउजाउ गर्न रोकेको छ ।

भारतबाट फर्कनेको लर्को रोकिएन

भारतका बिभिन्न ठाउँमा रहेका नेपालीहरू सुदूरपश्चिम फर्कने क्रम अझै रोकिएको छैन । सुदूरपश्चिमका मुख्य नाका कैलालीको त्रिनगर र कंचनपुरको गड्डाचौकीमा भारतबाट फर्कने क्रम जारी छ । प्रत्येक दिन यि दुई नाकामा सयौं नेपाल भित्रिने गरेका छन्।

सीमा नाका बन्दः नेपालगञ्जमा चहलपहल

कोरोना महामारी सङ्क्रमण रोकथामका लागि नेपाल–भारत जमुनाह नाका बन्द भएपछि नेपालगञ्जमा व्यापारिक चहलपहल बढेको छ।

‘सीमा विवाद वार्ताबाटै समाधान गर्नुपर्छ’

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले भारतसँगको सीमा विवाद वार्ताबाटै समाधान गर्नुपर्ने बताएका छन् । कांग्रेस नेतृ शैलजा आचार्यको ११औं स्मृृति दिवसका अवसरमा शैलजा आचार्य पोलिटेक्निकल इन्स्टिच्युटले विराटनगरमा बिहीबार आयोजना गरेको कार्यक्रममा कोइरालाले सीमा विवाद वार्ताको माध्ययमबाटै टुंगो लगाउनुपर्नेमा जोड दिएका हुन् ।

सुनौलीमा मृत्यु भएका नवलपरासीका युवकमा कोरोना पुष्टि

बुटवल भारतबाट फकर्ने क्रममा रुपन्देहीको बेलहिया नाका पारी सुनौलीमा मृत्यु भएका नवलपरासीका एक युवकलाई कारोना संक्रमण भएको पुष्टि भएको छ । मुम्बईबाट घर फर्कदै गरेका पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिकाको कुडीयाका ३५ वर्षे युवकको बुधबार दिउँसो बेलहिया पारी दशगजा नजिकै मृत्यु भएको थियो ।

पश्चिमी सीमा नाका हुँदै एक हजार भारतीय नागरिक घरतर्फ लागे

वैधानिकरूपमा सीमा नाका गड्डाचौकी खुला गरिएपछि छ दिनको अवधिमा ती भारतीय नागरिक सो नाका भएर घर गएका हुन ।

सीमा नाका पुगेका नेपालीलाई वर्षाले समस्या

लगातारको वर्षाका कारण भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार सीमा नाकामा पुगेका नेपालीहरुको बिजोग भएको छ।

कोरला नाकाः ढोकामै आयो चीन, नेपाल गयल !

कोरला नाका उताको पठार भूमिमा चिनियाँ सुरक्षाकर्मीका गाडी धुलो उडाउँदै कुँदेका देखिन्छन्। नाकादेखि करिव ३ किलोमिटर टाढा चिनियाँ सुरक्षाकर्मीको बेस क्याम्प छ। त्यहाँ दर्जनौं गाडी र उल्लेख्य संख्यामा सुरक्षाकर्मीको चहलपहल देखिन्छ। सोलार प्यानलबाट चल्ने सिसी टिभीको निगरानी छ। हातमा पञ्जा, चश्मा, मास्क र हेल्मेट लगाएर गाडीमा कुँद्ने सुरक्षाकर्मीसँग दुरविन, क्यामेरा र अत्याधुनिक हतियार साथमै रहन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्