९ मंसिर २०८१ आइतबार
image/svg+xml

क्वारेन्टाइनलाई महिलामैत्री बनाउन 'मर्यादा किट'

कोभिड-१९ (कोरोना भाइरस)को संक्रमणको यकिन गर्न जिल्लाका पालिकाले संचालन गरेको क्वारेनटाइनमा रहेका १९ जना महिलालाई मर्यादा किट वितरण गरिएको छ । क्वारेन्टाइनमा भएका महिलालाई सहजता र सरसफाईमा प्रयाप्त ध्यान दिन सो प्रदान गरिएको हो ।

विदेशबाट फर्किएकाको विवरण पत्ता लगाउन २० हजार सीमकार्ड ट्रयासिङ गरिदै

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस नियन्त्रणका लागि गठन भएको कोभिड-१९ क्राइसेस म्यानेजमेन्ट सेन्टर अपरेशन (सीसीएमसी अप्स) ले पछिल्लो समय सञ्चालनमा आएका २० हजार मोबाइल सीमको निगरानी सुरु गरेको छ ।

ताप्लेजुङबाट थप एकको स्वाब परीक्षणका लागि पठाइयो

ताप्लेजुङबाट थप १ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ। निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले एक महिलाको स्वाब परीक्षणका लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाइएको जानकारी दिए।

ओखलढुंगाका ४ जनाको रिपोर्ट पनि नेगेटिभ

कोरोना परीक्षणका लागि ओखलढुंगाबाट धरान पठाइएको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको छ। जिल्ला अस्पताल रुम्जाटारको आइसोलेसनमा रहेका ४ जनाको नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।

र्‍यापिड टेस्ट गर्दै घर जादै

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको आशंकामा क्वारेन्टाइन बस्दै आएका ६२ जना घर फर्किन लागेका छन्। क्वारेन्टाइन अवधिमा कुनै पनि कोरोना संक्रमणको लक्षण नदेखिएपछि चिकीत्सकहरुको सिफारीसमा रुपन्देहीबाट उनीहरु आफ्नो गनतव्य तिर जान लागेका हुन।

लकडाउनका सारथी 'पुस्तक'

विश्वभर फैलिएको महामारी कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको छ। लकडाउनको समयमा कार्यालय तथा कामकाज बन्द हुँदा समय बिताउन गाह्राे हुनु स्वाभाविक हो।

भारतबाट आएका युवाको स्वाब परीक्षणका लागि पोखरा पठाइयो

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको आशंकामा बेनी नगरपालिकाका एक युवाको स्वाब परीक्षणको लागि बिहीबार पोखरा पठाइएको छ।

कोरोनाको ‘डेडिकेटेड’ लागि ताप्लेजुङमा २ वटा एम्बुलेन्स तयारी अवस्थामा

जिल्ला एम्बुलेन्स सञ्चालक समिति बुधबार बसेको बैठकले सम्भावित कोभिड-१९ को ‘डेडिकेटेड’ लागि ताप्लेजुङमा सञ्चालित २ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। जिल्ला एम्बुलेन्स सञ्चालक समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको अध्यक्षतामा बसेको बैठकले ताप्लेजुङ जिल्ला अस्पताल र ग्रामीण सेवा मञ्चद्धारा सञ्चालित एम्बुलेन्सलाई कोभिड १९ को ‘डेडिकेटेड’ एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो।

कोरोनाविरुद्ध लड्न दश लाखको विपद् कोष स्थापना

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को उच्च जोखिमलाई मध्यनजर राख्दै डोल्पाको ठुलीभेरी नगरपालीकाले कोरोना नियन्त्रण पूर्व सतर्कताको लागि विपद् व्यवस्थापन कोष स्थापना गरेको छ। वर्तमान विषम परिस्थतीमा बसेको नगरपालिकाको कार्यपालिका बैठकले दश लाखको विपद् व्यवस्थापन कोष स्थापना गरेको हो।

कोरोना परीक्षणका लागि भक्तपुर अस्पतालमा पीपी बुथ

भक्तपुर अस्पताल दूधपाटीमा मंगलबारदेखि कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि पीपी बुथ राखिएको छ। अस्पतालको इर्मजेन्सी वार्डको बाहिर बुथ राखिएको हो। डा. महाविर पुन अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्र र अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा काठमाडौं बिल्डर्स प्रालि भक्तपुरले बुथ बनाएको हो।

बैशाख ३ सम्म लकडाउन थप्ने मन्त्रीपरिषद् बैठकको निर्णय

कोरोना संक्रमण (कोभिड-१९) संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले तेस्रो पटक लक डाउनको समय थप गरेको छ।

लकडाउनकाे प्रभाव : एचआइभी संक्रमितलाई असर

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट जोखिन सरकारले घोषणा गरेको लकडाउनले एचआइभी संक्रमितहरुलाई असर गरेको छ। नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउनलाई थप कडाई गरेपछि नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितहरुलाई असर परेको हो।

क्वारेन्टाइनमा रहेका व्यक्तिलाई अनुमगन गर्न 'कोभिड-१९ साथी' एप

संक्रमणको सम्भावना भइ क्वारेन्टाइनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खवर हुने मोबाइल एप सञ्चालनमा आएको छ। सरकारले क्वारेन्टाइनमा राखेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खवर दिने विशेषतासहितको 'कोभिड-१९ साथी' एप सञ्चालनमा आएको हो।

आइसोलेसन बेडमा भर्ना युवकले पाए उपचार

सास फेर्न असहज महसुस भएपछि प्रादेशिक अस्पताल जनकपुर पुगेका युवकले १२ घण्टापछि उपचार पाएका छन्। लहान नगरपालिका–२२ जहदीका २३ वर्षिय युवकको आइतबार दिउँसो स्वास्थ्य परीक्षण तथा स्वाब संकलन गरिएको छ।

स्वास्थ्य मन्त्रालयले भन्याे : 'पाेखरामा कोरोना भाइरसको पोजेटिभ केस छैन'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या नबढेको स्पष्ट पारेको छ। शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमितको संख्या बढेको भन्ने समाचारको खण्डन गर्दै संक्रमितको संख्या यथावत रहेको पुष्टि गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्