५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

र्‍यापिड टेस्ट गर्दै घर जादै

क्वारेन्टाइनमा र्‍यापिड टेस्ट गराउदै ।

भैरहवा- कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको आशंकामा क्वारेन्टाइन बस्दै आएका ६२ जना घर फर्किन लागेका छन्। क्वारेन्टाइन अवधिमा कुनै पनि कोरोना संक्रमणको लक्षण नदेखिएपछि चिकीत्सकहरुको सिफारीसमा रुपन्देहीबाट उनीहरु आफ्नो गनतव्य तिर जान लागेका हुन।

भारत तथा तेस्रो मुलुकबाट आएर १४ दिन क्वारेन्टाइन समयावधि पूरा गरेका नागरिकहरुमा संक्रमणको कुनै पनि लक्षण नदेखिएपछि कोभिड–१९ र औलो रोगको आरडिटी जाच गरेर नेगेटिभ देखिएपछि फिर्ता पठाउन लागिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले बताए।

संकट व्यवस्थापन केन्द्रका संयोजक प्रजिअ महादेव पन्थका अनुसार क्वारेन्टाइन अवधि पूरा गरेकाको र्‍यापिड टेस्ट गरी रिपोर्ट नेगेटिभ आए थप एक हप्ता होम क्वारेन्टाइनमा बस्ने गरी सम्बन्धित ठाउँमा पठाइरहेका छौ। रुपन्देहीको सुद्धोधनका ११ जनालाई झापा, मोरङ, ताप्लेजुङ तथा तिलोत्तमाका १० जनालाई बर्दिया, सुर्खेत, नवलपुर, चितवन, गुल्मी लगायतका जिल्ला प्रशासनसँग समन्वय गरी पठाएको प्रजिअ पन्थले बताए। क्वारेनटाइन अवधि पूरा गरेका सिद्धार्थनगरको शैक्षिक तालिम केन्द्रमा रहेका ८ जना र लुम्बिनी सास्कृतिक नगरपालिकामा रहेका ३३ जनाको परीक्षण भइसकेको छ, पठाउनका लागि पक्रिया अघि बढेको छ।  

क्वारेन्टाइन अवधिमा प्रत्यक्ष चिकित्सकको निगरानीमा रहेका उनीहरुमा कोभिड–१९ को कुनै पनि लक्षण देखा नपरेका कारण सरकारले तोकेबमोजिमको क्वारेन्टाइन अवधि पूरा गरेर पठाइराखिएको छ ।

रुपन्देहीका १६ वटै स्थानीय तहबाट ३सय ९१ जनामा र्‍यापिड जाँच गर्नुपर्ने तथ्याङक स्वास्थ्य कार्यालयमा आएको छ। शनिबारसम्म ६२ जनामा कोभिड–१९ र औलो रोग संक्रमण भए–नभएको पत्ता लगाउन किटबाट द्रुत परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका स्वास्थ्य अधिकृत केदार शाहले जानकारी दिए।

'हामीसँग ४ सय ४० वटा किट छ, क्वारेन्टाइनमा १४ देखि १७ दिन पुगेका शंकास्पद विरामीको परीक्षण कार्यालयबाट तालिम लिएर गएका सम्बन्धित पालिकाको स्वास्थ्यकर्मीहरुले गरिरहेका छन्। क्वारेन्टाइनमा अझै करिब ३५० जना रहेको पाएका छौ अहिलेको लागि हामीसँग पर्याप्त किट छ', स्वास्थ्य अधिकृत शाहले बताए।

प्रकाशित: २९ चैत्र २०७६ ०९:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App