बिजुली उत्पादन २५ प्रतिशत बढ्यो, पोखरा लोडसेडिङमुक्त
सञ्चालनमा रहेका आयोजनाबाटै २५ प्रतिशत बिजुली उत्पादन बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आयोजनाबाट उत्पादित बिजुली अधिकतम उपयोग गर्न सकेका कारण लोडसेडिङ कम गर्न सकिएको प्राधिकरणको भनाइ छ।
सञ्चालनमा रहेका आयोजनाबाटै २५ प्रतिशत बिजुली उत्पादन बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आयोजनाबाट उत्पादित बिजुली अधिकतम उपयोग गर्न सकेका कारण लोडसेडिङ कम गर्न सकिएको प्राधिकरणको भनाइ छ।
राजधानीलाई लोडसेडिङ मुक्त गराउने अभियान थालेेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकविरुद्ध लागेका तीन सञ्चालकलाई पदमुक्त गरियो। प्राधिकरणको सञ्चालक सदस्यबाट हटाइएका तीन जनालाई 'हटाउने निर्णय कार्यान्वयन नगर्न–नगराउन' सवर्ोेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
अब मुलुक लोडसेडिङमुक्त हुने भएको छ। निजी क्षेत्रबाट उत्पादित १३ मेगावाट र भारतबाट ल्याइएको ४० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएपछि मुलुक लोडसेडिङ मुक्त हुने भएको हो। भारतबाट ल्याइएको बिजुली शनिबार रातिदेखि राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ। भारतबाट ल्याइएको समेत ५३ मेगाबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो।
नेपाल विद्युत् प्राधिकरणले २०७४ जेठपछि देशभर विद्युत् कटौती(लोडसेडिङ) अन्त्य गर्ने तयारी अघि बढाएको छ। परीक्षणका रुपमा दशैंपछि काठमाडौं उपत्यकाको लोडसेडिङ अन्त्य गरेको प्राधिकरणले आउँदो जेठपछि देशभरको विद्युत् कटौती हटाउने तयारी अघि बढाएको हो।
र्जामन्त्री जनार्दन शर्माले सरकार उज्यालो नेपाल निर्माण गर्न जुटेको बताएका छन्। पुरानै विद्युतभारलाई केहि पारदर्शिता र पुरानै संरचनालाई व्यवस्थित गर्दा धेरै सहर लोडसेडिङ मुक्त भएको दाबि गरे। सिन्धुली माओवादीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सिङगो मन्त्रालय र प्राधिकरण उज्यालो नेपाल बनाउने तर्फ लागेको जनाए।
प्रधानमन्त्री पुष्पकमल दाहालले देशैभरी लोडसेडिङ अन्त्य गर्ने तयारी गरिरहेको बताएका छन्। शुक्रबार गोरखाको दरौदी नदीमा निर्मित ६ मेघावाटको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले सरकारले जनताको जीवनमा प्रत्यक्ष अनुभूति हुने गरी काम गरिरहेको बताए।
हालको लोडसेडिङ व्यवस्थापनमा नेपाल विद्युत् प्राधिकरणको जति भूमिका हुन्छ, त्योभन्दा बढी हामी आमउपभोक्ताको पनि रहन्छ।
लोडसेडिङ घटाउने कार्यमा नेपाल विद्युत् प्राधिकरणलाई असहयोग गरेकाे भन्दै विवादित बनेका प्राधिकरणका ३ जना सञ्चालकलाई ऊर्जा मन्त्रालयले बर्खास्त गरेको छ। बर्खास्त हुनेहरुमा लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछाने रहेका छन्।
एक मेगावाट क्षमताको मेवा खोला हाईड्रोपावरको परीक्षण प्रशारण सुरु भएपछि खोटाङ र ओखलढुंगामा लोडसेडिङ घटेको छ। दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवा खोलाबाट उत्पादन गरिएको हाईड्रोपावरको परीक्षण प्रशारण सुरु गरिएसँगै केन्द्रीय प्रशारणलाईन बिस्तार भइसकेका ठाउँमा लोडसेडिङ घटेको हो।
यो उतिबेलाको कुरा हो जतिबेला काठमाडौंमा लोडसेडिङ कायमै थियो। यो अब कति वर्ष कायम हुने हो थाहा थिएन। त्यसैले म एउटा राम्रो खाले इन्भर्टर किन्न गइरहेको थिएँ, हाकु साउको विद्युत पसलमा।
उर्जामन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यकाबासीले अब लोडसेडिङ देख्न नपर्ने बताएका छन्। रफत सञ्चार क्लबले सोमबार गरेको साक्षात्कारमा उनले चुहावट नियन्त्रण गरी लोडसेडिङ मुक्त बनाउने बताए।
राजधानीसहित मुलुकभर लोडसेडिङ घटाउने सम्भावनाबारे अध्ययन गर्न विद्युत प्राधिकरणले गठन गरेको समितिले न्यूनतम भार कटौती गरेर व्यवस्थापन गर्न सकिने निष्कर्ष निकालेको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले काठमाडौंलाई लोडसेडिङमुक्त बनाउने र विस्तारै काठमाडौं बाहिर पनि सकेसम्म लोडसेडिङ न्यून गर्ने योजना अनुसार प्राधिकरणले काम गरिरहेको बताएका छन्।
उनले भने, 'लोडसेडिङ घटाउने हो तर यसमा घन्टा नतोकौं, काम गरेपछि परिणाम देखिन्छ।' मन्त्रीको यो भनाइले उपत्यका अँध्यारोमुक्त हुने आशा जगाउँछ तर, तथ्य र वास्तविकता फरक छन्। शर्माले भाषण, योजना र तथ्यलाई तालमेल मिलाउन सके भने मात्र सर्वसाधारणले विश्वास गर्ने आधार बन्छ।
चाड पर्वमा बिजुली कटौती नगरेको भन्दै नेपाल विद्युत प्राधिकरणको प्रशंसा भएपनि मंसिरको दोस्रो सातापछि उपत्यकामा पुनःअँध्यारो छाउन थाल्नेछ। पूर्वाधार संरचनामा सामान्य सुधार भएको तर माग अनुसार बिजुली आपूर्ति नभएकाले अँध्यारोको समस्या यथावत रहने देखिएको हो। दसैं, तिहार र छठजस्ता पर्वमा औद्योगिक क्षेत्रमा कम माग, भारतबाट बढी बिजुली आयात तथा झन्डै ३० मेगावाट आन्तरिक उत्पादन थपिएकाले समस्या देखिएको छैन्।