१० मंसिर २०८१ सोमबार
image/svg+xml

लापरबाही गर्ने ठेकेदारमाथि निगरानी बढाइयो

जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा विकास निर्माणको जिम्मा लिएर लापरबाही गर्ने ठेकेदारको खोजी थालेको छ । काममा लापरबाही गरेको देखिएका आठजना ठेकेदारलाई प्रशासन कार्यालयले नियन्त्रणमा लिई काम गर्ने लिखित प्रतिबद्धता लिएपछि छाडेको छ।

विकासमा लापरबाही

सम्झौताअनुसार काम नगर्ने ठेकेदार वा निर्माण कम्पनीलाई जबसम्म जबाफदेही बनाउन सकिँदैन, तबसम्म समयमै पूर्वाधार निर्माण हुन सक्दैन । त्यसका लागि तोकिएको समयमा काम नगर्ने निर्माण कम्पनी र ठेकेदारलाई मात्र होइन, आयोजना हेर्ने प्रमुखलाई समेत दण्डित गर्नुपर्ने देखिन्छ । जबसम्म समयमा काम गर्नेलाई पुरस्कृत र काम नगर्नेलाई दण्डित गरिँदैन, तबसम्म आयोजनाका नाममा हुने विकृति र विसंगति अन्त्य हुन सक्दैन।

सडक निर्माणमा ठेकेदारको चरम लापरबाही

रौतहटमा ठेकेदार कम्पनीले सडक निर्माणमा मनोमानी र लापरबाही गरेको पाइएको छ । ठेकेदारहरूले सडक निर्माणमा जथाभाबी गर्दा सर्वसाधारण भने समस्यामा परेका छन् ।

लुम्बिनीको सुरक्षामा गम्भीर लापरबाही

विश्व सम्पदा सूचीमा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनीको सुरक्षाको जिम्मा लिएका सुरक्षाकर्मी र लुम्बिनी विकास कोषका कर्मचारीहरुले आर्थिक लेनदेनमा लुम्बिनीभित्र गैरकानूनी क्रियाकलापहरु गर्ने गरेको पाइएको छ।

ठेकेदारको चरम लापरबाही

६ वर्षअघि सुरु भएको बेलहिया–बुटवल ६ लेन सडक आयोजना अन्तर्गत भैरहवा खण्डको डण्डामा सात सय मिटर र बर्मेलीटोल–अञ्चलपुरमा १.४ किलोमिटर गरी २.१ किलोमिटर सडक कालिका–तामाङ–प्यासिफिक जेभीले ३९ करोड रुपैयाँमा दुई वर्षमा काम सक्ने सम्झौता गर्दै २०७१, असारमा ठेक्का लियो।

विद्युत प्राधिकरणको लापरबाहीले सैनिक ब्यारेकमा अन्धकार

नेपाल विद्युत प्रााधिकरणको लापरबाहीका कारण उदयपुरस्थित नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा दुईदिनयता अन्धकार भएको छ।

ठेकेदारको लापरबाहीले ६ महिनादेखि पुल निर्माण अलपत्र

ठेकेदारको लापरबाहीका कारण सोलुखोला माथिको बोल्दो पुल निर्माण कार्य ६ महिनादेखि अलपत्र परेको छ । गएको असार अन्तिमसम्म पुल निर्माण कार्य गरेको ठेकेदार कम्पनीले वर्षात लागेका कारण निर्माण कार्य रोकेको थियो । वर्षात सकिएको लामो समयसम्म पनि काम गर्न नआउँदा पुल निर्माणको काम अलपत्र बनेको हो ।

व्यवस्थापकीय लापरबाहीले ग्यास उद्योगमा आगलागी

वीरगन्जको सुपर ग्यास उद्योगमा उद्योग व्यवस्थापनको गम्भीर लापरबाहीले आगलागी भएको तथ्य सार्वजनिक भएको छ । उद्योग व्यवस्थापनले सुरक्षाका न्यूनतम मापदण्ड पनि पूरा नगर्दा दुर्घटना भएको निष्कर्ष सरकारी छानबिन टोलीले निकालेको हो ।

टेलिकमको लापरबाहीले ग्राहक मर्कामा

नेपाल टेलीकमको लापरबाहीका कारण खोटाङका नमस्ते तथा स्काई फोनका ग्राहक मारमा परेका छन् । फोनमा नेटवर्क नहुने, नेटवर्क आए पनि आवाज स्पष्ट नसुनिने, दुई मिनेटभन्दा बढी कुरा गरे आफैँ फोन काटिने, राती १० बजदेखि विहान ५ बजेसम्म नेटवर्क नहुने लगायतका समस्या देखिएपछि उपभोक्ता मारमा परेका हुन् ।

सहरी विकास योजनामा ठेकेदारको चरम लापरबाही

जनकपुर र वीरगन्जको सहरी विकास योजनाको काममा ठेकेदारले हदभन्दा बढी लापरबाही गरेको भन्दै संसदीय विकास समितिले उच्चस्तरीय प्राविधिक समितिमार्फत अनुगमन गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ।

गुम्बाको अनुदान वितरणमा लापरबाही

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले गत माघ २७ मा बेतेनी–३, नुवाकोटको उर्गेन छ्योलिङ गुम्बालाई ८२ लाख रुपैयाँ अनुदान परेको जनाउँदै पत्राचार गरेको थियो।

डाक्टरको लापरबाहीले बालकको मृत्यु

निमोनियाले ग्रस्त १३ वर्षीय बालकको उपचारको क्रममा मृत्यु भएपछि बिहीबार दिनभर जनकपुर अञ्चल अस्पताल क्षेत्र तनावमय रह्यो। उपचार गराउन ल्याइएका बालकको डाक्टरको लाहपर्वाहीले मृत्यु भएको र प्रहरीले उल्टै मृतककै बाबुलाई पक्राउ गरी थुनेको भन्दै मृतक पक्षले दिनभर प्रदर्शन गरेको छ।

ठेकेदारको लापरबाहीले यात्रुलाई सकस

चक्रपथ चोकबाट चप्पल कारखानासम्मको सडकको दुरी करिब एक किलोमिटर छ। अहिले यो सडक पार गर्न घन्टाभन्दा बढी समय लाग्छ। नलागोस् पनि कसरी? सडकको आधाभन्दा बढी भागमा माटो र रोडा थुपारिएर सडक साँघुराइएको छ।

पुनर्निर्माणमा ठेकेदारको लापरबाही: सम्पदामा सिमल र सल्लो

ललितपुरको पाटन क्षेत्रका सम्पदा पुनर्निर्माण गर्दा काठ प्रयोगमा लापरबाही गरेको पाइएको छ। भूकम्पले ध्वस्त सम्पदा पुनर्निर्माण गर्दा पहिला अग्राख प्रयोग भएको ठाउँमा अहिले धमाधम सल्लो र सिमल प्रयोग गरिएको छ।

आयल निगमको लापरबाही

अचानक उपत्यकामा इन्धन अभाव भयो। बिहीबारदेखि शनिबारसम्म नै अधिकांशः पेट्रोलपम्पमा 'पेट्रोल छैन' भन्ने ट्याग झुण्डेको देखियो। साझा तथा सुरक्षा निकाय सञ्चालित पेट्रोलपम्प खुले पनि लामो लाइन लागेको छ। उपभोक्ताले बिनाकारण दुःख पाएका छन्। हठात् किन उपत्यकामा इन्धन अभाव भयो?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्