११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

मानव बेचविखन राेक्न दुर्इ सयबढीको उद्दार

पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीबाट गएको एक वर्षमा दुईसय महिला तथा बालबालिकाको उद्दार गरिएको छ । माईती नेपाल कञ्चनपुरले एक बर्षको अवधिमा २४ बालक, ७१ बालिका र १०५ महिलाको उद्दार गरेको जनाएको हो ।

विमानका सबै यात्रुको मृत्यु भएको अाशंका: खोजी कार्य जारी

ईन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक विमानमा सवार १८९ जनाको नै मृत्यु भएको आश‌ंका गरिएको छ। सो विमान उडेको केही मिनेटमै सम्पर्कविहिन भएको थियो। विमान खोज्न साेनार विधि र ड्रोनको प्रयोग गरिएको छ।

भारतमा बन्धक बनाइएका २८ नेपाली महिलाको उद्दार

खाडी मुलुकमा रोजगारीको प्रलोभन देखाइ साढे २ महिना देखि भारतमा बन्धक बनाइएका २८ नेपाली महिलालाई भारतीय प्रहरीले उद्दार गरेको छ।

प्यासिफिक महासागरमा विमान दुर्घटना, सबैको सकुशल उद्दार

प्यासिफिक महासागरमा विमान दुर्घटना हुँदा ४७ जना सामान्य घाइते भएका छन्। बीबीसीका अनुसार विमानमा १२ जना चालक दलका सदस्य र ३५ यात्रु थिए। घटनालगत्तै उद्दारकर्ताले डुंगाबाट चालक दलका सदस्यसहित सबै यात्रुको सकुशल उद्दार गरेका छन्। सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

साउदीमा अलपत्र नेपालीको उद्दार : पैसा कमाउन नपाएको भन्दा घर फर्कन पाएकोमा खुसी

विदेशमा पैसा कमाउने उद्देश्य लिएर समुद्र पार पुग्ने धेरै युवाहरु सपना तुहाएर बिल्लीबाठ हुनुपर्ने समस्याले नेपाललाई छाडेको छैन्। यस्तै सपना साँचेर वैदेशिक रोजगारीका लागि ६ महिनाअघि साउदी अरब पुगेका उदयपुरका एक युवा अलपत्र परेर बल्ल घर फर्कन सफल भएका छन्।

रसुवाको टिमुरेमा पहिरो जाँदा ७ बेपत्ता, १२ को उद्दार

रसुवाको टिमुरेमा पहिरो जाँदा ७ जना बेपत्ता भएका छन् भने १२ जनाको घाइते अवस्थामा उद्दार गरिएको छ।

सुरक्षा निकायलाई उद्दार सामग्री हस्तान्तर

जिल्ला विपद् व्यवस्थापन समितिले सुरक्षा निकायलाई उद्दार सामग्री मंगलबार हस्तान्तरण गरेको छ। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले विपद्को बेला अत्यावश्यक पर्ने सामग्री मंगलबार सुरक्षा निकायलाई हस्तान्तरण गरेको हुन्।

एकै परिवारका चार जनाले सेतीमा हाम फाले, एकको उद्दार

डोटीमा आमा, दुई छोरा र एक छोरी सहित चारजनाले नदीमा हामफालेका छन्। जसमध्ये तीनजना बेपत्ता भएका छन् भने, एकको उद्दार गरिएको छ।

‘बाढीप्रभावितलाई उद्दार लगत्तै राहत उपलब्ध गराउनेछौं’

बुधबार रातिदेखि परेको अविरल वर्षाको कारणले वडामा डुबान भएको छ । हाइबे क्षेत्रका अधिकांश घरको तल्लो तलामा जलमग्न भएका छन् ।

तस्बिरमा हेर्नुहोस् भक्तपुरको डुबान र उद्दार प्रयास

बुधवार रातिदेखिको अविरल वर्षाले भक्तपुर डुबानमा परेको छ। भक्तपुरका स्थानीय हनुमन्ते, खासाखुसी खोलाको पानीको सहज निकास नहुँदा र गहिरो क्षेत्रका बस्ती डुबानमा परेका हुन्।

थाइल्याण्डको गुफामा फसेका सबैको उद्दार

थाइल्याण्डमा गुफामा फसेका सबै जनाको सकुशल उद्दार गरिएको छ। गुफामा १२ जना किशोर र उनीहरुका फुटवल प्रशिक्षक एक फसेका थिए ।

अलपत्र परेका १२२५ तीर्थयात्रीलाई नेपालगञ्ज र सुर्खेत ल्याइयो

हिल्सा र सिमिकोटमा अलपत्र परेका भारतीय तीर्थयात्रीहरु मध्ये १२ सय २५ तीर्थयात्रीलाई नेपालगञ्ज र सुर्खेत ल्याइएको काठमाडौस्थित भारतीय राजदूतावासले जनाएको छ।

हेलिकाेप्टरबाट सुत्केरीको उद्दार

जिल्ला अस्पताल तेह्रथुममा सल्यक्रियाद्धारा सुत्केरी गराएकी म्याङलुङ नपा ५ अम्फुवाकी २६ बर्षिया दिलु लिम्बुको पाठेघरमा समस्था भए पछि हेलिकप्टरमा काठमाडौं लगिएको छ।

पहिरोमा खसेका चार जनाको ३९ घण्टापछि सकुशल उद्दार

अरुण तेस्रो सुरुङमार्ग निर्माणको क्रममा पहिरो खस्दा बेपत्ता भएका चार जनाको सकुसल उद्दार गरिएको छ। शुक्रबार राति करिब ८ः४० बजेतिर सुरुङमार्गको ड्यामसाइड नुमकोफ्याक्सिन्दा भन्ने स्थानमा पहिरो खसेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्