भक्तपुर– बुधवार रातिदेखिको अविरल वर्षाले भक्तपुर डुबानमा परेको छ। भक्तपुरका स्थानीय हनुमन्ते, खासाखुसी खोलाको पानीको सहज निकास नहुँदा र गहिरो क्षेत्रका बस्ती डुबानमा परेका हुन्।
डुवानमा परेर तीन जनाको मृत्यु भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिएका छन्।
डुबानका कारण भक्तपुरको राधेराधे, मध्यपुर थिमी क्षेत्र, बागेश्वरी, सृजनाचोक र निकोशेरा क्षेत्र ज्यादा प्रभावित भएका छन्। यी क्षेत्रमा घरको पहिलो तलाको आधाआधी भाग पानीले भरिएको छ।
उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ भने स्थानीय अगुवाहरुपनि जुटेका छन्। तस्बिरहरु सुजन श्रेष्ठ र दिपेश श्रेष्ठको सहयाेगमा।
ताप्लेजुङमा बाढी र पहिरोको असर दिन प्रतिदिन बढ्दै गएको छ। विभिन्न स्थानमा बाढी र पहिरोले विस्थापन तथा धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलले जानकारी दिएका छन्।
सामान्य एक्जिमाको समस्यामा मल्हम लगाए पुग्छ। तर जटिल खालका एक्जिमा भए औषधि खानुपर्ने अवस्था पनि हुन्छ। कतिपय एक्जिमा वंशाणुगत पनि हुन्छन्। यो एक्जिमा बच्चादेखि नै सुरु हुन्छ।