१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

अलपत्र परेका १२२५ तीर्थयात्रीलाई नेपालगञ्ज र सुर्खेत ल्याइयो

तस्बिर: भारतीय दूतावास

काठमाडौं– हिल्सा र सिमिकोटमा अलपत्र परेका भारतीय तीर्थयात्रीहरु मध्ये १२ सय २५ तीर्थयात्रीलाई  नेपालगञ्ज र सुर्खेत ल्याइएको काठमाडौस्थित भारतीय राजदूतावासले जनाएको छ।

कैलाश मानसरोवरको तीर्थयात्रामा निस्केका १५ सय भन्दा बढि यात्रु प्रतिकूल मौसमका कारण यसै साताको सुरुमा हिल्सामा अलपत्र परेका थिए।  

अलपत्र परेका यात्रुलाई सिमिकोटबाट विमानमा नेपालगञ्ज र सुर्खेत ल्याइएको हो । यात्रुको उद्दारका लागि ७४ वटा व्यवसायिक उडान गरिएको थियो भने निजी वायुसेवा र नेपाली सेनाको हेलिकोप्टर पनि परिचालन गरिएको भारतीय दूतावासले जनाएको छ । हिल्सा–सिमिकोट–नेपालगञ्जको रुटमा १ सय ४२ भन्दा बढि हेलिकोप्टर उडान गरिएको थियो ।
यसैगरी अलपत्र परेको ६७५ जना तीर्थयात्रीहरुलाई हिल्साबाट सिमिकोट हुँदै नेपालगञ्ज र सुर्खेत ल्याउन टुर सञ्चालकहरुसँग पनि समन्वय गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।असार १८ गते देखि सुरु भएको उद्दार कार्य अझै जारी छ । भारतीय दूतावासले उद्दार आकस्मिक कक्ष स्थापना गरि २४सै घन्टा सेवा पुर्याइरहेको छ।

प्रकाशित: २२ असार २०७५ १३:३९ शुक्रबार

#हिल्सा #कैलाश_मानसराेवर #भारतीय_तीर्थयात्री_उद्दार