२ असार २०८१ आइतबार
image/svg+xml
समाज

हेलिकाेप्टरबाट सुत्केरीको उद्दार

तेह्रथुम– जिल्ला अस्पताल तेह्रथुममा सल्यक्रियाद्धारा सुत्केरी गराएकी म्याङलुङ नपा ५ अम्फुवाकी २६ बर्षिया दिलु लिम्बुको पाठेघरमा समस्था भए पछि हेलिकप्टरमा काठमाडौं लगिएको छ।

म्याङलुङ नपा ५ अम्फुवाकी २६ बर्षिया दिलुको पाठेघरमा समस्या भएपछि थप उपचारको लागि मंगलबार अपह्रान्न हेलिकप्टरमा काठमाण्डौको टिचिङ हस्पीटलमा लगिएको हो। दिलुको आइतबार जिल्ला अस्पतालमा आकस्मीक प्रसुतिकक्षमा शल्यक्रिया गरेर प्रसुति गराइएको थियो। दिलुको दोस्रो सन्तानका रुपमा जन्मिएकी बच्चीको अबस्था सामान्य भएपनि आमाको पाठेघरमा समस्या देखिएपछि थप उपचारका लागि ३ लाख ६० हजारमा श्री एयरलाईन्सबाट काठमाडौंस्थित टिचिङ हस्पीटल लगिएको उनका पति गोबिन्द लिम्बुले बताए।

स्वाथ्यमा जटिलता देखिए पनि सडक र मौसमका कारण थप उपचारका लागि जिल्ला बाहिर लैजान नसक्दा तीन दिनदेखि परिवारका सदस्यहरु चिन्तित थिए। दिलुको थप उपचारका लागि जिल्ला बाहिर लैजानका लागि आइतबार हेलिकप्टर चार्टर गरिए पनि मौसमका कारण आउन सकेको थिएन। म्याङलुङ बसन्तपुर सडक खण्डको अवस्था बर्षाका कारण हिलाम्य भएपछि एम्बुलेन्समा राखेर लैजान सकिने अबस्था नभएपछि बिरामीको थप उचारका लागि नेपाल आर्मीको हेलिकप्टर झिकाइएपनि मौसम खराब भएको कारण हेलिकप्टर भेरेटार मात्र भन्दा माथि आउन नसकेकोले रित्तै फर्किएको प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले जानकारी दिए। उनका अनुसार आइतबार र सोमबार हेलिकप्टर झिकाउने प्रयास गरिए पनि सफल हुन नसकिए पछि बिरामी दिलुका परिवार चिन्तित थिए। 

२६किलोमिटर म्याङलुङ बसन्तपुर सडक बर्षका कारण क्षतबिक्षत भए पछि अहिले जिल्लाबासी सडककै कारण सास्ती खेप्दै आएका छन्। बिग्रिएको सडकमा साना तथा हलुका सवारी साधन चल्न नसक्दा यहाँका नागरिकहरु दैनिक सास्ती खेप्नु परेको गुनासो गर्दै आएका छन्। यता सडक मर्मतका लागि टेण्डर समेत परिसके पनि बर्षाको कारण बिग्रिएको सडक मर्मत गर्न नसकिएको सडक मर्मत गर्ने जिम्मा पाएका ठेकेदारहरुले बताएका छन्। बिग्रिएको सडक तीन खण्डमा मर्मत गर्ने भनेर टेण्डर निकालिए पनि अहिले सबै सडक क्षतबिक्षत भएको छ।

प्रकाशित: १२ असार २०७५ ११:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App