७ वैशाख २०८१ शुक्रबार

शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण, ४२५ डिस्चार्ज

पछिल्लो २४ घन्टामा ७ हजार ९ सय २६ जनाको आरटि पिसिआर विधिबाट स्वाब परीक्षण गरिएकोमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा बोल्दै डा. जागेश्वर गौतमले शुक्रबार थपिएका ४ सय ६४ जना सहित नेपालमा कोरोना संक्रमितको संखया २२ हजार २ सय १४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ३६० जनामा कोरोना संक्रमण, २३३ डिस्चार्ज

पछिल्लो २४ घन्टामा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय २२ जनाको आरटि पिसिआर विधिबाट परीक्षण गर्दा ३ सय ६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१५ हजारभन्दा बढी संक्रमित निको

पछिल्लो २४ घन्टामा थप ६५ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लाका आइसोलेसन सेन्टरबाट पछिल्लो २४ घन्टामा ६५ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा ४१८ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियपमत पत्रकार सम्मेलनमा जनाएको छ ।

नारायणी कोभिड अस्पतालबाट शुक्रबार १८ जना संक्रमित डिस्चार्ज

वीरगन्जस्थित नारायणी अस्थाई कोभिड अस्पताल गण्डकबाट शुक्रबार पर्साका १८ जना कोरोनाको संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन्। उनीहरुको पछिल्लो दुईवटा परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका संयोजक डाक्टर निरज सिंहले बताएका छन् ।

थप ३११ जनामा कोरोना संक्रमण, १२१ डिस्चार्ज

मंगरबार थप तीन सय ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार नेपालमा १९ हजार ६३ जनामा संक्रमण पुष्टि भएको छ ।

जुम्लाका सबै संक्रमित निको भएर डिस्चार्ज

गत फागुन २४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चिकित्सक डा. धिरज गुरुङले पहिलो पटक कोराना भाइरसका बारेमा सहजीकरण गरे । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी सहभागी थिए ।

१०९ जना संक्रमित थपिँदा १०६ डिस्चार्ज

शनिबार थप १ सय ९ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा १०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार नेपालमा संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ

७०.३९ प्रतिशत संक्रमित अस्पतालबाट डिस्चार्ज

पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १२ हजार ८४० जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

२८५ जना डिस्चार्ज हुँदा १०१ जनामा संक्रमण

शुक्रबार थप एक सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गानैतमकाअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार चार सय ४५ पुगेको छ । शुक्रबार चार हजार ६ सय ८८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएकोमा एक सय एक जनामा संक्रमण देखिएको थियो ।

धरानमा क्वारेन्टिनमा बसेका ६७ जनाको रिपोर्ट नेगेटिभ, सबैलाई डिस्चार्ज गरियो

धरान उपमहानगरपालिका क्षेत्रमा क्वारेन्टिनमा रहेका ७० जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । ती मध्ये एक जना स्वास्थ्यकर्मी र २ जना सुरक्षाकर्मी हुन् । बाँकी ६७ जना क्वारेन्टिनमा रहेकाहरु हुन् ।

ताप्लेजुङका थप दुई संक्रमित डिस्चार्ज, थप एकमा संक्रमण

ताप्लेजुङमा थप २ जना कोरोना संक्रमित निको भएर बुधवार घर फर्किएका छन्। संक्रमित २ सहित ३० जनाको पीसीआर परीक्षणका लागि पठाईएकोमा उनीहरुसहित २९ जनाको परीक्षण रिर्पोट नेगेटिभ र एक जनाको पोजेटिभ आएको छ।

प्रदेश १ मा ३५ संक्रमित डिस्चार्ज

प्रदेश १ मा कोरोना संक्रमण मुक्त भएर ३५ जना डिस्चार्ज भएका छन् । समाजिक विकास मन्त्रालयका अनुसार मंगलबार कोरोना मुक्त भएर प्रदेश १ मा ३५ जना डिस्चार्ज भएका हुन् ।

थप ११६ जनामा संक्रमण, ३४ डिस्चार्ज

मंगलबार नेपालमा कोरोना भाइरसका ११६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयको प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार ४ हजार ४ सय २२ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा ११६ जनामा सं‌क्रमण देखिएको हो ।

प्रदेश १ मा ३३ जना डिस्चार्ज

प्रदेश १ मा ३३ जनाकोरोनाजितेर डिस्चार्ज भएका छन्। आइतबार प्रदेश १ मा ३३ जनाकोरोना संक्रमित डिस्चार्ज भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्