२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दुई साता पेसी नतोकिने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा शुक्रबार सर्वोच्च अदालतमा बसेको पूर्ण बैठकले व्यक्तिको स्वतन्त्रतासँग जोडिएका सेवाबाहेक दुई साताका लागि देशभरका कुनै पनि अदालतमा मुद्दाको पेसी नतोक्ने निर्णय गरेको हो।

कोरोनाविरुद्ध ‘विपद्कालिन राहात कोष’ निर्माण

नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमणविरुद्ध आवश्यक तयारीका लागि शुक्रबार ‘बिपद्कालिन राहात कोष’ निर्माण गरेको छ। उक्त कोषमा संघले दुई लाख १५ हजार ७ सय ११ रकम जम्मा पनि गरेको छ। संघको तर्फबाट एक लाख १ हजार १ सय ११ र संघका पदाधिकारी तथा कार्य समितिका सदस्यको व्यक्तिगतबाट एक लाख १४ हजार ६ सय रुपैयाँ जम्मा गरिएको हो।

ओखलढुंगाका तीन ठाउँमा क्वारेन्टाइन स्थापना

जिल्लामा कोरोना भाइरसको संभावित संक्रमण रोक्नका लागि जिल्लाका तीन ठाउँमा क्वारेन्टाइनस्थल स्थापना गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको कोरोनाबाट हुने संभावित संक्रमणप्रति सजगता सम्बन्धी बैठकबाट तीन वटा क्वारेन्टाइनस्थल तोकिएको हो।

चितवनमा ७२ घण्टामै तयार भयाे कोरोना विशेष अस्पताल

घोषणा गरेको ७२ घण्टा भित्र चितवनको भरतपुरमा कोरोना विशेष अस्तपाल निर्माण गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका बिरामीको उपचार गर्न चितवनको भरतपुरमा ७० शैयाको अस्थायी अस्पतालको निर्माण गरिएको हो। भरतपुरमा रहेको चितवन प्रदर्शनी केन्द्रमा कोरोना विशेष प्रकृतिको अस्थायी अस्पताल निर्माण गरिएको हो।

भारतबाट नेपाल फर्किने नागरिकमाथि विशेष निगरानी

भारतमा कोरोनाको प्रभाव बढ्दै गएपछि भारतबाट नेपाल फर्किनेको संख्या बढेको छ। कामको खोजी, रोजगार तथा अध्ययनका लागि भारत गएकाहरु धमाधम घर फर्किन थालेका छन्। भारतबाट घर फिर्ता आउँदै गरेकाहरुलाई रौतहटको विभिन्न नाकामा कोरोनाको स्क्रिनिङ भइरहेको छ। सदरमुकाम गौर, बंकुल, औरैया, राजपुरलगायतको नाकामा भारतबाट नेपाल आउनेहरुलाई चेकजाँच गरिदै छ। हेल्प डेस्क स्थापना गरेर नै चेकजाँच भइरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे बताएका छन्।

अनुदानको नुन लिन पनि लाइन !

जुम्लामा कोरोना भाइरसको त्रास बढेसँगै दैनिक उपभोग्य वस्तु भण्डारण गर्न स्थानीय जुटेका छन्। उनीहरु आफूलाई चाहिने सबै प्रकारको खाद्यन्नको जोहो गर्न थालेका हुन्। अहिले साल्ट ट्रेडिङ कर्पोरेशनको कार्यालयमा भिडभाड बढेको छ। दुई दिनमा झण्डै एक हजार जनाले नुन लिएको तथ्यांक छ।

कोरोनालाई हामी जित्नेछौं

आशा गरौं– केही दिनभित्रै हामी ‘सर्भिलेन्स सिस्टम’ उपयोग गर्ने स्थितिमा पुग्नेछौं र नागरिक तहबाट समेत अरू अझै प्रभावकारी उपाय सिर्जना हुनेछन्।

कोरोनाले रोकेन पढाइ

चीनबाट स्वदेश फर्किएका विद्यार्थीले पनि विच्याट, क्युक्युजस्ता सामाजिक सञ्जालमार्फत घरमै बेसेर आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्नेछन्।

रोकिँदै मनोरञ्जनात्मक गतिविधि

विभिन्न मनोरञ्जनाविधिको लागि गन्तव्य मानिने धरान यतिखेर सुनसान भएको छ। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरेलगत्तै धरान वरपर सञ्चालन भइरहेका क्ल्बहरू सुनसान भएका छन्।

यात्रु आवतजावतमा कडाइ, ढुवानी नरोकिने

सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न नेपाल–भारत सीमा क्षेत्रमा थप कडाइ गर्नेसहितका निर्णय गरेको छ।

अस्ट्रेलियामा गैरआवासीयहरूमाथि यात्रा प्रतिबन्ध

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सबै आगन्तुकहरूका लागि देशको सिमाना बन्द गर्ने घोषणा गरेका छन्।

संसदीय समितिद्वारा सरकारी निर्णयको अवज्ञा

संसदीय समितिहरुले २५ जना भन्दा बढी भेला हुन नपाइने सरकारी निर्णयको अवज्ञा गरेका छन्। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले बुधबार २५ जना भन्दा बढी भेला नहुन गरेको निर्देशनको अवज्ञा गर्दे बिहीबार संघीय संसदका समितिले बैठक गरेका हुन्। बिहीबार राष्ट्रिय सभा र संघीय संसद अन्र्तगत संसदीय समितिले सरकारको निर्देशन उलंघन गर्दे बैठक सञ्चालन गरे।

काेराेना त्रासले अदालत पनि बन्द हुन सक्ने

कोरोना भाइरस (कोभिड–१९) को त्रास बढिरहेका बेला सर्वोच्च अदालतले उच्च र जिल्ला अदालत बन्द गर्ने या सञ्चालन गर्ने भन्नेबारे शुक्रबार पूर्ण बैठक (फुल कोर्ट) बसेर निर्णय गर्ने भएको छ।

सरकारको निर्णयलाई फिल्म हल सञ्चालकको समर्थन

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गर्ने निर्णय गरेलगत्तै सम्बन्धित सञ्चालक र कलाकर्मीहरू समर्थन जनाएका छन्।

अमेरिकी पत्रकारलाई चीनमा काम गर्न प्रतिबन्ध

अमेरिकामा केही चिनियाँ सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएपछि प्रत्युत्तरमा चीनले तीन अमेरिकी पत्रिकासँग आबद्ध पत्रकारहरूलाई आफ्नो मुलुकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्