२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

संसदीय समितिद्वारा सरकारी निर्णयको अवज्ञा

काठमाडौं- संसदीय समितिहरुले २५ जना भन्दा बढी भेला हुन नपाइने सरकारी निर्णयको अवज्ञा गरेका छन्। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले बुधबार २५ जना भन्दा बढी भेला नहुन गरेको निर्देशनको अवज्ञा गर्दे बिहीबार संघीय संसदका समितिले बैठक गरेका हुन्। बिहीबार राष्ट्रिय सभा र संघीय संसद अन्र्तगत संसदीय समितिले सरकारको निर्देशन उलंघन गर्दे बैठक सञ्चालन गरे।

राष्ट्रिय सभा बैठकमा सांसदहरुको तापक्रम जाँच गरी सेनिटाइजरले हात धोएर मात्रै भित्र प्रवेश गराइएको थियो। राष्ट्रिय सभा बैठक शुक्रबार पनि सञ्चालन हुने बताइएको छ। बिहीबार राज्य व्यवस्था तथा शुसासन समिति बाहेक केही समितिहरुले बैठक सञ्चालन गरे। कानून, न्याय तथा मानवअधिकार समिति, विकास तथा प्रविधि समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र अर्थ समितिको बैठक सञ्चालन भयो। राज्य व्यवस्था तथा सुशासन समितिमा भने सांसदहरुले २५ जना भन्दा बढी उपस्थित भएकाले सञ्चालन गर्न नहुने भन्दै विरोध गरेपछि बैठक स्थगित गरिएको थियो। औपचारिक विषयमा प्रवेश नगरेपनि समितिमा सदस्यहरुबीच केही बेर छलफल भने चलेको थियो। कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा २५ जना भन्दा कम सांसदहरु सहभागी भएकाले बैठक सञ्चालन गरिएको बताइएको छ। अर्थ समितिमा भने ३० जना भन्दा बढी सांसदहरु सहभागी थिए।

बिहीबार नै उच्चस्तरिय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल सहभागी हुने भनिएको एक कार्यक्रम भने अन्तिम समयमा आएर स्थगित भएको छ। कान्तिपथस्थित होटल एल्लो प्यागोडामा हुने कार्यक्रमका लागि सहभागीहरु आएको भएपनि सरकारी निर्णयको अवज्ञा गर्न नहुने भन्दै स्थगित गरिएको थियो। यता गृहमन्त्री समेतको सहभागितामा राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठक भने बसेको छ। बैठकमा गृहमन्त्री रामबहादुर थापाले सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेपनि अत्यावश्यक विषयमा छलफल गर्नुपर्ने भएकाले सञ्चालन गर्नुपरेको बताए।

प्रकाशित: ६ चैत्र २०७६ १०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App