२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

संयुक्त संसदीय समितिको सभापतिकाे निर्वाचन आईतबार

प्रतिनिधिसभा र राष्ट्रियसभाका संयुक्त दुई समितिका सभापतिको निर्वाचन असोज ७ गते आइतबार हुने भएको छ।

प्रस्तावित प्रमुख आयुक्त घिमिरेको संसदीय सुनुवाइ आज

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नविन घिमिरेको संसदीय सुनुवाइ आज हुने भएको छ।

मुद्दाको थुप्रोमाथि निकासको सकस!

संसदीय समितिबाट इन्कार गरिएपछि कामु प्रधानन्यायाधीश दीपकराज जोशी बिदा लिएर बसे। अनि उनी पछिका ओमप्रकाश मिश्र कामु प्रधानन्यायाधीश बने । तर बिदा लिएर घर बसेका जोशी अकस्मात् सर्वोच्च अदालत परिसरमा देखिए।

रहस्यमय निर्मला हत्या प्रकरण

निर्मला पन्तका हत्यारालाई कानुनी कारबाहीको दायरामा नल्याइएको भन्दै संसद्मा चिन्ता व्यक्त गरिएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले दुई महिना बित्न लाग्दा पनि निर्मलाका हत्यारा पहिचान हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

मन्त्री विना मगरमाथि संसदमा गगनले उठाए प्रश्न, सरकारको गम्भीर ध्यानाकर्षण

नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले खानेपानी तथा सरसफाई मन्त्रालयले अझैसम्म विधेयक नल्याएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। खानेपानी मन्त्रालयको कमाण्ड नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी कान्छी बुहारी विना मगरले सम्हालिरहेकी छिन्। विनाले सम्हालेको मन्त्रालयले काम नगरेको भन्दै गगनले सरकारको ध्यानाकर्षण गराएका हुन्।

'रेडलाइट एरिया खोल्नु पर्छ भन्ने मुख्यमन्त्री गुरुङले राजीनामा दिनुपर्छ'

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको राजीनामा माग गरिएको छ। आइतबार संसद बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले रेडलाइट एरिया खोल्ने भन्दै महिला अस्मिता माथी प्रहार भएको मन्दै मुख्यमन्त्री गुरुङले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिन्।

दोषीलाई कडा कारबाही हुन्छ : कानूनमन्त्री ढकाल

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण लगायत देशभर बढेको अपराधको श्रृङखलाको विरोधमा जवाफ माग्दै कांग्रेसले संसद अवरुद्ध गरेपछि कानूनमन्त्री भानुभक्त ढकालले अपराधिलाई कडाभन्दा कडा कारबाही हुने बताएका छन्।

संसदमा प्रतिपक्षीको प्रश्न : राज्य संयन्त्र कस्को नियन्त्रणमा छ जवाफ चाहियो सरकार

काँग्रेस सांसद दिलेन्द्रप्रसाद बढुले दिनानुदीन नाटकीय रुपमा रहस्यमय घटना भइरहेका र अनुसन्धानमार्फत अपराधी पत्ता लगाउने भन्दा पनि राज्यसंयन्त्र घटना ढाकछोपमा लागेको आरोप लगाए। संसदमा यसो भने बढुले.....

निर्मला पन्त हत्याकाण्डको विरोध गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध

नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ। कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धनमा सरकारले काम गर्न नसकेको कांग्रेस नेता दिलेन्द्र बडुले बताए।

सुनुवाइ समितिले काम सक्यो, जोशीको पछाडि हिँड्दैन

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेका सर्वोच्च अदालतका हालका न्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रलगायतका विषयमा थप अध्ययन नगर्ने भएको छ।

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रकाे नाम अनुमाेदन (भिडियाे)

संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रलाई अनुमोदन गरेको छ। आइतबार विहान सिंहदरबारस्थित संसद सचिवालयमा बसेको समितिको बैठकले सुनुवाई गर्दै मिश्रको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो।

संसदीय सुनुवाइको समीक्षा

कायम मुकायम प्रधान न्यायाधीश ओमप्रकाश मिश्रमाथि संसदीय सुनुवाइ विशेष समितिले सोमबार सुनुवाइ गर्दैगर्दा सुनुवाइको सार्थकता र सुधार सार्वजनिक चासोको विषय बनेको छ।

संसदमा सैनिक अभ्यासदेखि बाँदर आतंकसम्मका कुरा

प्रतिनिधिसभामा सांसदहरुले भारतको पुनामा हुन लागेको बिम्स्टेक राष्ट्रका सैनिकको अभ्यासदेखि बाँदर आतङ्क, बलात्कार, बाढीपहिरोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा पहिलो वक्ताको रुपमा भाग लिँदै सांसद भीमबहादुर रावलले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन भव्यताका साथ सम्पन्न गर्नु स्वागतयोग्य कार्य भएको बताए।

विधि–विधानको बिब्ल्याँटो

सरकार विभिन्न विधि–विधान तथा ऐनको निर्माणमा जुटेको छ । नेपालको सविधान, २०७२ मा भएका विभिन्न संवैधानिक प्रावधानलाई कार्यान्वयन गर्न मौजुदा ऐनमा संशोधन र कतिपय अवस्थामा नयाँ ऐनको निर्माण आवश्यक छ । संविधान बनेपश्चात् व्यवस्थापिका संसद्ले सार्वजनिक महत्वका केही ऐन पारित गर्याे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्