२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रस्तावित प्रमुख आयुक्त घिमिरेको संसदीय सुनुवाइ आज

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नविन घिमिरेको संसदीय सुनुवाइ आज हुने भएको छ। संसदीय सुनुवाई विशेष समितिको दिउँसो १ बजे बस्ने बैठकले  घिमिरेको सुनुवाई गर्ने कार्यक्रम रहेको बताइएको छ।

समतितिले घिमिरेबारे उजुरी दिन भदौ २३ गतेदेखि असोज १ गतेसम्म दश दिने सूचना आह्वान गरेकोमा उनीविरुद्ध कुनै पनि उजुरी दर्ता भएको छैन।

करिब सात महिनादेखि प्रमुख आयुक्तविहीन रहेको अख्तियारमा संवैधानिक परिषदले भदौ २० गते घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो। संसदीय सुनुवाइबाट अनुमोदित भएमा उनी राष्ट्रपतिबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त हुने छन्।

प्रकाशित: ४ आश्विन २०७५ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App