नेपाली पत्रपत्रिकामा केही हप्ता बिराएर नेपालको प्राज्ञिक अनुसन्धानबारे समाचार, टिप्पणी, आलेख प्रकाशन गरिन्छन्। ती प्रायः सामग्रीमा खास गरी त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रका खस्किएको हालतको चर्चा गर्दै नेपालको प्राज्ञिक अनुसन्धान कमजोर हुनमा दलीयकरणलाई जिम्मेवार ठह-याइएको पाइन्छ ।
सरकार विभिन्न विधि–विधान तथा ऐनको निर्माणमा जुटेको छ । नेपालको सविधान, २०७२ मा भएका विभिन्न संवैधानिक प्रावधानलाई कार्यान्वयन गर्न मौजुदा ऐनमा संशोधन र कतिपय अवस्थामा नयाँ ऐनको निर्माण आवश्यक छ । संविधान बनेपश्चात् व्यवस्थापिका संसद्ले सार्वजनिक महत्वका केही ऐन पारित गर्याे।
वसुधाको अध्ययन गर्नु तीन कारणले महत्वपूर्ण छ । पहिलो, सन् १९६०—१९८० को दशकमा काठमाडौँ उपत्यकाका शिक्षित–नवसम्भ्रान्त वर्गले नेपाली राज्य र समाजबारे के सोच्थे भन्ने बुझ्न यो जत्तिको गहकिलो र फराकिलो प्रकाशन अरू छैन । वसुधामा निरन्तर लेख्नेहरू नेपालका शिक्षित नवसम्भ्रान्तदेखि नेपालबाहिर विशेषगरी भारत, बेलायत र अमेरिकामा उच्च शिक्षा पाएका, अंग्रेजी भाषामा दखल भएका नै देखिन्छ।