२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

स्वास्थ्य बीमा योजनामा ६ अर्ब विनियाेजन

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६/२०७७ वर्षका लागि स्वास्थ्य बीमा योजनामा ६ अर्ब बजेट विनियोजन गरिएको बताएका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले आगामी वर्षमा सबै नागरिकमा स्वास्थ्य बीमा योजना पुर्याइने बताए।

‘सरकार र विप्लव समूहबीच साँठगाँठ’को प्रश्न उठेपछि संसदमै झोक्किए गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले राजधानीको बम विस्फोटमा मृत्यु भएकाहरु विप्लव समूहसँग सम्बन्धितहरु भएको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा मुलुकको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउने क्रममा प्रतिपक्षी दलका सांसदहरुले राखेको जिज्ञासाको सम्बोधन गर्दे उनले विस्फोटमा मृत्यु भएकाहरु सामान्य नागरिक नभएको बताए।

गृहमन्त्रीले संसदमा भने : विप्लव समूहले चार कम्पनी सेना बनाएको छ

गृहमन्त्री रामबहादुर थापाले नेकपा विप्लव समूहलाई मुलधारमा ल्याउन र नियन्त्रण गर्न प्रतिवद्ध भएको बताएका छन्। सोमबार संसदमा बोल्दै उनले विप्लव समूहलाई नियन्त्रण गर्ने र वार्तामा ल्याउने प्रयास सरकारले अघि बढाएको बताए।

संसद् भवन निर्माण प्रक्रिया सुरु

दस वर्षसम्म भाडाको भवनमा बैठक सञ्चालन भएपछि अन्ततः नयाँ संसद्भवन निर्माण प्रक्रिया सुरु भएको छ। ६ अर्ब रुपैयाँभन्दा बढीको लागतमा नयाँ संसद् भवन निर्माण प्रक्रिया सुरु भएको हो।

आयोजना स्थलनै नपुगी फर्कियो संसदीय टोली

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको निर्माण कार्यको अनुगमन गर्न आएको संघीय सांसद विकास तथा प्रविधि समितिको टोली आयोजना स्थल नपुगि फर्किएको छ। जिल्ला सदरमुकाम फिदिममा यहाँका जनप्रतिनिधि, राजनीतिकदल, कर्मचारीहरुसँग अन्तर्क्रिया गरी टोली काठमाडौं फर्किएको हो।

'मिडिया काउन्सिल विधेयक फिर्ता लिऔं'

सरकारले संसद्मा पेस गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन पत्रकार सहासंघ र सम्पादकहरूले आग्रह गरेका छन्। नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकका विषयमा सम्पादकहरूसँग गरेको छलफलमा अधिकांशले संविधानको मर्म र व्यवस्थाविपरीत कानुन ल्याउन खोजेको भन्दै फिर्ता लिनुपर्नेमा जोड दिएका हुन्। छलफलमा धारणा राख्दै अधिकांश सम्पादकहरूले आचार संहितामा राख्नुपर्ने जरिबानालगायत विषय ऐनमा समेटिएको भन्दै आपत्ति प्रकट गरे।

संसदीय समितिले नै छुट्याउन सकेन सक्कली र नक्कली मसला

बजारमा छ्याप्छ्याप्ती भएको दुई प्रकारका बिएमसी मसलाले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै दर्ता भएको उजूरीमाथि टुङ्गो लगाउन बसेको संसदीय समितिले कुन मसला सक्कली वा नक्कली हो भनेर छुट्ट्याउन सकेनन्।

सम्पादकहरूको पनि विरोध

सरकारले संसद्मा पेस गरेको मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रतालाई संकुचन गर्न खोजेको भन्दै सम्पादकहरुले विरोध गरेका छन्। विभिन्न मिडियामा कार्यरत २१ जना सम्पादकले बिहीबार विज्ञप्ति जारी गर्दै विधेयक लोकतान्त्रिक मूल्य, मान्यता र संविधानको मर्मविपरीत भएको उल्लेख गरेका छन्। उनीहरुले नेपाल पत्रकार महासंघ तथा पत्रकारितासँग सम्बद्ध अन्य संस्थाले विधेयकको विरोधमा गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्।

छलफल गरेर मात्र कानुन बन्छ: महरा

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कानुन निर्माणको काममा सरकारलाई आवश्यक सबै खालको सहयोग हुनेगरी छलफललाई अघि बढाउन संसदीय समितिहरुलाई निर्देशन दिएका छन्।

कानुन निर्माणमा केन्द्रीत हुन संसदीय समितिलाई सभामुखकाे निर्देशन

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कानुन निर्माणको काममा सरकारलाई आवश्यक सबै खालको सहयोग हुनेगरी छलफललाई अघि बढाउन संसदीय समितिहरुलाई निर्देशन दिएका छन्।

राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण गर्न अस्वीकार, संसदमा फिर्ता पठाइन्

राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयकलाई प्रतिनिधि सभामा फिर्ता पठाएकी छिन्। सभामुख कृष्णबहादुर महराले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पठाएको राहदानी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई राष्ट्रपति भण्डारीले बुधबार प्रतिनिधिसभामा फिर्ता पठाएकी हुन्।

माग पुरा नगरे कडा कदम चाल्ने राजपाको चेतावनी

राष्ट्रिय जनता पार्टी (राजपा) का नेता महेन्द्र राय यादवले सरकारले आफ्ना मागहरु पुरा नगरे कडा कदम चाल्ने चेतावनी दिएका छन्।

संसद बैठक जारी (LIVE)

प्रतिनिधि सभाको बैठक जारी छ। बैठकको सुरु नै राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले सरकारले आफ्ना मागहरु पुरा गरेन भने कडा कदम चाल्ने चेतावनी दिएका छन्।

संसद् अवरुद्ध गर्ने चेतावनी

प्रतिनिधिसभाको सोमबारको बैठकमा राष्ट्रिय जनता पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नभए संसद अवरुद्ध गर्ने बताएको छ।

ओलीलाई अमरेशको प्रश्नः सरकारको समृद्धि माफियाका लागि हो कि बिचौलियाको?

नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले केपीशर्मा ओली नेतृत्वको सरकार बिचौलिया र माफियाको कब्जामा फसेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्