कर्णाली प्रदेशसभामा दोस्रो गैरसरकारी विधेयक दर्ता
कर्णाली क्षेत्रका प्रतिभाहरुलाई केन्द्रीत गरेर उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने काम पनि आविष्कार केन्द्रले गर्नेछ। नयाँ आविष्कारका लागि ब्याज, ऋण अनुदान दिने व्यवस्था पनि विधेयकमा समेटिएको छ।
कर्णाली क्षेत्रका प्रतिभाहरुलाई केन्द्रीत गरेर उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने काम पनि आविष्कार केन्द्रले गर्नेछ। नयाँ आविष्कारका लागि ब्याज, ऋण अनुदान दिने व्यवस्था पनि विधेयकमा समेटिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तो एउटा संस्थाबाट उज्यालो प्राप्त भएको छ भने अन्य यस्तै संस्था हुने हो भने त्यसले हाम्रो जीवनमै फरकपन ल्याउन सक्छ।
आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएसलगायत शैक्षिक कार्यक्रम शुभारम्भ तथा एकेडेमिक भवनको शिलान्यास कार्यक्रममा उनले प्रदेशका सबै जिल्लामा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानमा महत्वपूर्ण योगदान दिने बाटोमा प्रतिष्ठान अग्रसर देखिएको बताइन्।
राष्ट्रपति भण्डारीले गौरवमय कर्णालीको इतिहास पूर्नजागरण गरी कर्णालीलाई विकास र समृद्धिको मार्गमा ल्याउन प्रतिष्ठानले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।
राज्यले बोलेर सहजै सुनेन्,सांसद महतले भने,‘बाजा बजाएर दुखेसा सुनाउन आइपुेका छौँ।’ नेपाल विद्युत प्राधिकरण र सडक विभागमा २/२ घण्टा बाजा बजाएर राज्यको ध्यान कर्णालीमा केन्द्रीत गर्न थालिएको हो।
कर्णालीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठवटा मन्त्रालय छन्। सत्ता साझेदारमध्ये सबैभन्दा ठूलो माओवादी केन्द्रका १३ जना सांसद छन्। माओवादी केन्द्रले चारवटा मन्त्रालय दाबी गर्दै आएको छ भने तीन सांसद रहेको समाजवादीले तीनवटा मन्त्रालय दाबी गरिरहेको छ।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट उक्त पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
कात्तिक २९ गते राती मुगुको सदरमुकाम गमगढीमा भएको भिषण आगजनीबाट प्रभावितहरुलाई कर्णाली प्रदेश प्रहरी कार्यालयको आयोजनामा स्वास्थ्य शिविर गरिएको छ।
नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित भएका छन्।
मध्यपश्चिम विश्वविद्यालयको एघारौँ सभा तथा वार्षिक नीति कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको समग्र विकासलाई दिशाबोध गर्न विश्वविद्यालयलको पाठ्यक्रममा समसामयिक परिमार्जन गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए।
४० सदस्यीय कर्णाली प्रदेशसभामा हाल ३५ जना सांसद छन्। माओवादी केन्द्रका १२, कांग्रेसका ६ जना र समाजवादीका ३ सांसदसहित मुख्यमन्त्री नियुक्त भएका शाही विश्वासको मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि समर्थन प्राप्त गरे।
कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नेकपा (माओवादी केन्द्र)बाट विन्दमान विष्ट नियुक्त भएका छन्।
नेकपा (माओवादी केन्द्र) विन्दमान विष्टको नेतृत्वमा कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु राष्ट्रिय अधिवेशनका लागि चितवनमा रहेका कारण मंगलबारका लागि तय गरिएको विश्वासको मत लिने कार्यतालिका एक दिन सारिएको हो।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ।