काठमाडौं–४ मा गगनको अग्रता,एमालेका भट्टराई पछाडि
काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन्।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन्।
गैडहवा गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक पछि ११ बजेदेखि मतपेटिका खन्याइ मतपत्र मिलाउन थालिएको हो।
भक्तपुर २ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीको अग्रता कायमै छ।
दाङ क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ। केहिबेर अघिदेखि मतगणना सुरु भएको हो।
यस निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फ सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका गगन थापा, नेकपा एमालेबाट राजन भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डा ठाकुर मोहन श्रेष्ठ, रमेश डंगोल, भानु कुमार खड्का लगायत प्रतिस्पर्धामा छन्।
मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार २९ वर्षका योगेश गौचन थकाली निर्वाचित भएका छन्।
राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ७३५ मत र नेकपा एमालेका उम्मेदवार किरण पौडेलले ४९६ मत प्राप्त गरेका छन्।
डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले सबै मतपेटिका संकलन गरेर गर्ने काम संकलन भइसकेको बताए।
पछिल्लो मतगणनाको अपडेट अनुसार घिमिरे ९२३ मतका साथ अग्रस्थानमा छन्। यस्तै ५९४ मतसहित गठबन्धनबाट माओवादी उम्मेदवार हरिकुमार राना दोस्रो स्थानमा छन्।
क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले महिले मतगणना जारी रहेको बताए। गणनाको सुरुवातमा बैजनाथ गाउँपालिका वडा नम्बर २ को मतपेटिका खोलिएको छ।
निर्वाचनमा खटिएका कर्मचारीको गल्तीका कारण प्रतिनिधिसभाका १०० मतपत्र प्रदेशसभाको बाकसमा खसेपछि यहाँको तीन वटा केन्द्रको मतदान रद्द गरिएको थियो।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार चार ठाउँबाट मतगणना गरिनेछ। मतगणना चितवन उद्योग संघको हलमा गरिने छ।
ठाँटीकाँध गाउँपालिका -२ पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा मतपेटिका छाडेर सुत्न गएपछि विवाद भएको हो।
राति अबेरसम्म मतपेटिका संकलनको काम भएको र राजनीतिक दलहरुसितको समन्वयात्मक बैठकका लागि ढिलो भएकोले मतगणनाको सुरुआत गर्न ढिलो भएको हो।
आज बिहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि वडा तहबाट मतगणना गर्ने निर्णय गरेको सहायक मतदान अधिकृत नविराज रुवालीले जानाकारी दिए।