५ माघ २०८१ शनिबार
image/svg+xml

रोल्पामा मतपेटिका ढुवानी सकियो, तारजाली भित्र मतगणना हुने

सदरमुकामस्थित घरेलु तथा साना उद्योग कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केहि बेरमा सर्बदलिय बैठक बसि मतगणना थालिने छ।

हेलिकोप्टरले मतपेटिका नल्याउने भएपछि ताप्लेजुङमा मतगणना सुरु हुन ढिलाई हुने

फक्ताङलुङ गाउँपालिका वडा नं ६ र ७ का क्रमशःओलाङचुङगोला,याङ्मा,ग्याब्ला र घुन्सा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउन नसकिने जानकारी जिल्ला निर्वाचन व्यवस्थापन समितिले जानकारी दिएकाे छ।

ललितपुर १ मा एमालेका नवराज सिलवालको अग्रता

यस्तै कांग्रेसका उदय राणाले ४०१ र राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले ९३ मत प्राप्त गरेका छन्।

मोरङमा मतगणनाअघि सर्वदलीय बैठक बस्दै

मोरङका सबै क्षेत्रमा मत गणनाका लागि सर्वदलीय बैठक भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

चितवनमा मतगणनाअघि सर्वदलीय बैठक बस्दै

चितवनमा सोमबार बिहान ८ बजेपछि सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना सुरु गर्ने तयारी गरिएको थियो।

काठमाडौँमा ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवाती अग्रता

काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा स्वतन्त्र पार्टीले १७७ मत प्राप्त गरेको छ।

कास्की-२ मा घण्टीको सुरुवाती अग्रता, पछ्याउँदै एमाले

वडा नम्बर १५ को कोलपाटन बुथको ५४० मत गनिसक्दा कँडेलले १ सय ६२ मत पाएका छन् भने विद्याले १ सय २२ मत पाएकी छन्। यस्तै पाँच दलीय गठबन्धनका श्रीनाथ बरालले भने हालसम्म १ सय १० मत पाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्