१६ आश्विन २०८१ बुधबार
image/svg+xml

तीन करोडको लागतमा खानेपानी आयोजना निर्माण शुरु

बेनी नगरपालिका–९ नेप्टेचौरमा करिब रु तीन करोडको लागतमा निलदह खानेपानी तथा सरसफाइ आयोजना निर्माण कार्य शुरु भएको छ।

जलविद्युत आयोजनाद्धारा मुआब्जा वितरण

रसुवामा निर्माणाधिन माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाले स्थानीयलाई मुआब्जा वितरण गरेको छ। आयोजनाको भवन निर्माणका लागि अधिग्रहण गरेको ४१ रोपनी जग्गाको मुआब्जा वितरण गरेको हो। आयोजनाले ७ जना जग्गाधनीलाई ५ करोड रकम वितरण गरेको आयोजनाका जनसम्पर्क अधिकृत सुमन भट्टले बताए।

आयोजनाले अन्यौला बढाएपछि बुढीगण्डकी प्रभावित धर्नामा

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनामा सरकार पिच्छे फरक फरक निर्णय हुने तर काम भने नहुने भएपछि प्रभावित क्षेत्रका स्थानीय आक्रोशित बनेका छन्। आयोजनाबाट प्रभावित गोरखा र धादीङका स्थानीयले आजदेखि आयोजनाको कार्यालय घ्याल्चोक सिउरेनीटारमा धर्ना कार्यक्रम सुरु गरेका छन्।

भीमदत्तमा ३ अर्बको सहरी विकास आयोजना

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा तीन अर्ब रुपैँयाको क्षेत्रीय सहरी विकास आयोजना औपचारिक रुपमा सञ्चालानमा आएको छ।

साना र मझौला आयोजना प्रदेश र स्थानीय तहबाटै

देश संघीयतामा गएसँगै जलस्रोत तथा ऊर्जा मन्त्रालयले मझौला तथा साना सिँचाइका आयोजना सञ्चालन नगर्ने भएको छ।

मध्यमर्स्याङदी आयोजनामा चौविसै घण्टा मर्मतकार्य

देशकै ठूलो मध्येको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत परियोजनामा अहिले चौविसै घण्टा मर्मतको काम भईरहेको छ।

माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण शुरु

२०७२ सालको भूकम्प र २०७३ सालको बाढीले तहसनहस भई विगत तीन वर्षदेखि बन्द रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण कार्य सकिन अझै दुई वर्ष पर्खन पर्ने भएको छ ।

दूधकोसीको पानी गाउँमा लैजाने आयोजना सुरु

धार्मिक पर्यटन गन्तव्य हलेसी क्षेत्रमा दूधकोसी नदीको पानी निकाल्न ‘खोटाङ वृहत खानेपानी आयोजना’ को काम सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाका सातवटा वडामा दूधकोसीको पानी लिफ्ट गर्न आयोजनाको काम थालिएको हो।

एडिबी लगानीका आयोजनामा सुधार

एसियाली विकास बैंक (एडिबी)ले पछिल्लो वर्ष आफ्नो सहयोगमा नेपालमा सञ्चालित आयोजनाका प्रगतिमा सुधार देखिएको जानकारी दिएको छ।

पाँच करोड लागतमा खानेपानी आयोजना निर्माण हुँदै

रसुवामा तीनवटा ठूला खानेपानी आयोजना निर्माण हुने भएको छ । पिछडिएका, छुटमा परेका भूकम्पपीडित र कुपोषण संकटापन्न समुदायलाई लक्षित गरी आयोजना निर्माण गर्न लागिएको हो।

खानेपानी आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापन गरिँदै

इलाम सदरमुकामलाई २० वर्षसम्म चौबीसै घण्टा खानेपानी दिनेगरी सञ्चालन गर्न लागिएको तेस्रो साना सहरी खानेपानी आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापनको काम अघि बढाइएको छ। उपभोक्ता समितिले मुहानबाहेक विभिन्न स्थानमा राखिने ट्याङकीको जग्गा व्यवस्थापन भइरहेको र जनसहभागिताको रकम संकलन सुरु गर्न लागेको जनाएको छ।

२५ मेगावाटको म्याग्दी आयोजनालाई लगानी जुट्यो

म्याग्दी जिल्लामा निर्माण हुने २५ मेगावाट क्षमताको म्यादी खोला जलविद्युत् आयोजनालाई तीन अर्ब रुपैयाँभन्दा बढी ऋण लगानी जुटेको छ।

२५ मेगावाटको म्याग्दी आयोजनालाई लगानी जुट्यो

म्याग्दी जिल्लामा निर्माण हुने २५ मेगावाट क्षमताको म्यादी खोला जलविद्युत आयोजनाका लागि ऋण लगानि जुटेको छ। धौलागिरी कालिका हाइड्रो लिमिटेडले बनाउने उक्त आयोजनाका लागि ३ अर्व रुपैयाँभन्दा बढी ऋण लगानी गर्न आधा दर्जन बैंक तथा वित्तिय संस्था तयार भएका छन्।

राष्ट्रिय प्राथमिकताकै आयोजना सक्न वर्षौं

तीन वर्षमा सक्ने लक्ष्य लिएको चमेलिया जलविद्युत् आयोजनाको निर्माण ११ वर्षमा पूरा भयो । ३० मेगावाट क्षमताको उक्त आयोजना निर्धारित समयमा सकेको भए एकातिर विद्युत्को चरम अभाव झेलिरहेका सर्वसाधारणलाई राहत हुन्थ्यो, अर्कोतिर सरकारको अर्बौं रकम सुरक्षित हुन्थ्यो । निर्माण कार्यमा ढिलाइ गरिँदा करिब साढे आठ अर्ब रुपैयाँमा सक्ने लक्ष्य लिएको आयोजना सक्न १५ अर्ब रुपैयाँ खर्चनु प¥यो।

तरलता संकटले जलविद्युत् आयोजना समस्यामा

बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता संकटका कारण निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्