१६ आश्विन २०८१ बुधबार
image/svg+xml

माथिल्लो कर्णाली जीएमआरले बेच्न लाग्याे, सरकार लम्पसारः भिम रावल

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भिम रावलले माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी ‘जिएमआर’ले   बेच्न चलखेल गरिरहेको भन्दै उसको गतिविधि प्रति नेपाल सरकारनै झुकेको टिप्पणी गरेका छन्।

सान्जेनको ६६ प्रतिशत काम पूरा

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको सान्जेन जलविद्युत् आयोजनाको ६६ प्रतिशत काम पूरा भएको छ। आयोजनाको पाँच लटमा निर्माण कार्य भइरहेको छ। सिभिल कार्यतर्फ ६७, इलेक्ट्रो मेकानिकलतर्फ ५८, हाइड्रो मेकानिकलतर्फ ५४ र प्रसारण लाइन निर्माणमा १५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ।

सिक्टाको डुडुवा शाखा नहरमा अर्को ठेक्का खोल्ने तयारी

सरकारले सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माणका लागि अर्को ठेक्का खोल्ने तयारी गरेको छ।  यसअघि ठेकेदार ‘कोस्टल–पप्पु जेभी’ले सम्झौता गरे पनि तोकिएको समयभित्र काम सम्पन्न नगरेको भन्दै सरकारले कालो सूचीमा राखेर ठेक्का तोडेको थियो।

जलविद्युत् आयोजनाको आडमा अवैध क्रसर

शक्ति र पहुँचको आडमा उत्तरी म्याग्दीमा सञ्चालित एक क्रसर उद्योगले अवैध उत्खनन् गरेको पाइएको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको पतारमा मिस्त्री खोला, आसपासका सार्वजनिक जग्गाबाट गिटी, बालुवा र ढुंगा उत्खनन् गरेर केही स्थानीयले निर्माणाधिन अवस्थामा रहेकोे ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजनाको आडमा खोलामा एक्जाभेटर लगाएर निर्वाध बिक्री गर्ने गरेका छन्।

विकास आयोजना र खरिद कानुन

मुलुक यतिखेर संघीयताको कार्यान्वयन चरणमा छ। संविधानअनुसार मुलुकमा तीन तहको निर्वाचन सम्पन्न भई संघ, प्रदेश र स्थानीय तहमा काम थालनी भइसकेका छन्। यो नित्तान्त नयाँ व्यवस्था भएकाले कार्यान्वयन चरणमा विभिन्न समस्यासमेत देखापरिरहेका छन्। सरकारले संघीयतामार्फत आर्थिक समृद्धिका कुरा उठाइरहेको छ।

मेलम्ची खानेपानी आयोजना : धरौटी जफत गर्न सरकारलाई बाटो खुला

उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी कोपराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी सिएमसीले काम छोडेर भाग्न खोजेमा धरौटी जफत गर्न सरकारलाई बाटो खुला गरेको छ।

माथिल्लो चाकु सेयर निष्कासनकाे अन्तिम चरणमा

निर्माण अन्तिम चरणमा पुर्‍याउँदै परीक्षण तयारीमा जुटेको २२.२ मेगावाटको अपर चाकु खोला–ए जलविद्युत् आयोजनाले साधरण सेयर निष्कासनको तयारी थालेको छ। आगामी फागुनभित्र उत्पादन थाल्ने तयारीमा जुटेको आयोजनाले सर्वसाधारणका लागि २५ प्रतिशत सेयर जारी गर्न लागेको हो।

माथिल्लो चाकु अन्तिम चरणमा, शेयर निष्कासन तयारी

निर्माण अन्तिम चरणमा पुर्‍याउँदै परीक्षणकाे तयारीमा जुटेको २२.२ मेगावाटको अपर चाकु खोला–ए जलविद्युत आयोजनाले साधारण शेयर निष्कासनको तयारी थालेको छ।

पाइप जडान र ढुवानीको काम अर्को ठेकेदारलाई

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न गर्न बाधक बनिरहेको भारतीय ठेकेदारलाई दिइएको पाइपलाइन ढुवानी तथा जडान कार्य अस्ट्रियन ठेकेदार कम्पनीलाई दिइएको छ। आयोजनाको हाइड्रो मेकानिकलतर्फको ठेक्का लिएको भारतीय कम्पनी टेक्सम्याको रेल एन्ड इन्जिनियरिङ लिमिटेडले पेनस्टक पाइप ढुवानी तथा जडानको काम ढिलाइ गरेका कारण अस्ट्रियन ठेकेदार कम्पनीलाई दिन लागिएको हो।

फेरिएको भारतीय मनसाय

सुन्दै अचम्म लाग्न सक्छ, नेपालको जलस्रोतमा सदीयौंदेखि हाबी हुँदै आएको र करिब एक दर्जन ठूला जलविद्युत् आयोजना ओगटेर बसेको   दक्षिणी छिमेकी भारतले अहिलेसम्म एउटामात्र जलविद्युत् आयोजना सम्पन्न गरेको छ, त्यो पनि पञ्चायतकालमा। २०४६ सालअगाडि नुवाकोटमा रहेको सानो क्षमताको जलविद्युत् आयोजना बनाएको भारतले त्यसपछिका करिब तीन दशकमा एउटा आयोजना पनि पूरा गरेको छैन।

२२० केभी प्रसारण लाइन विवाद : अलाइन्मेन्ट परिवर्तन गर्न स्थानीय र दलको सुझाव

नेपाल सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको कोशी करिडोर २२० केभी प्रसारण लाइन (हाइटेन्सन) आयोजनाको काम अवरुद्ध भएको एक महिना बितिसकेको छ।

‘केही समयमै काठमाडौंलाई धुलोरहित बनाउँछौं’

जननिर्वाचित भएसँगै दिनरात नभनी जनताको सेवामा सक्रिय छु। निर्वाचित हुनेबेला मेलम्ची खानेपानी आयोजनाका कारण सडकमा जताततै खाल्डाखुल्डी थिए। तर, मैले जिम्मेवारी सम्हालेलगत्तै खाल्डाखुल्डी पुरेर सडक व्यवस्थित बनाएका छौं।

आयोजना लिन प्रदेश र स्थानीय तहको हानथाप

भेरी किनारको बस्ती भएपनि खानेपानीको चर्को समस्या भोग्दै आएका धोरेनीका ८५ घरधूरीका लागि गुर्भाकोट नगरपालिकाले अघिल्लो आर्थिक वर्ष खानेपानीको सर्भे डिजाइन ग-यो।  गुर्भाकोट–१४ को लिसेबाट गुर्भाकोट–१३ धोरेनीसम्म खानेपानी ल्याउन र घरघरमा वितरण गर्न ९२ लाख ३६ हजार रुपैयाँ खर्च लाग्ने सर्भे डिजाइनले देखायो।

मेलम्ची खानेपानी ठेकेदारले छाडेपनि फरक पर्दैनः मन्त्री मगर

खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको इटालीयन ठेकदार कम्पनीले काम छाडे पनि नेपाललाई कुनै फरक नपर्ने बताएकी छन्। बिहीबार संसदको अर्थ समितिको बैठकमा उनले  ठेकदारले काम छाड्दा हुने आर्थिक क्षति उसले राखेको बैंक ज्ञारेन्टी रकमले सहजै भरथेग गर्ने बताएकी हुन्।

मेलम्चीका हजार मजदुरलाई तलबको तनाब

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनीले सीएमसीले करिब १ हजार नेपाली मजदुरलाई दुई महिनादेखिको पारिश्रमिक नदिएको खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्