११ मंसिर २०८१ मंगलबार
image/svg+xml

स्वर्णिम पुस्ताका भरपर्दा गोलकिपर

बेल्जियम अहिले फुटबलमा स्वर्णकालको अनुभव गरिरहेको छ । बेल्जियन स्वर्णिम पुस्ताको स्मरण गर्दा इडेन हाजार्ड, केभिन डी ब्रुयना, रोमेलु लुकाकु, द्रिइस मार्टिन्स, भिन्सेन्ट कोम्पनीसँगै नछुट्ने नाम हो थियाबाउट कोर्टोइस।

सबिना र करिश्मालाई तेक्वान्दोमा स्वर्ण

नेपालकी सबिना लामा र करिश्मा घर्तीमगरले छैटौ दक्षिण एशियाली तथा आमन्त्रित आइटिएफ तेक्वान्दो प्रतियोगितामा  स्वर्ण पदक जितेका छन्।

समस्याः वर्गवादकि वर्णवाद?

गोरखाको कालिका रगोरखनाथ मन्दिरको केही तल गीताडाँडामा राष्ट्रिय विभूति बिसे नगर्चीको सालिक शिलान्यास केही दिन अघिमात्रै गरियो। परियार सेवा समाजनामक एक जातीय संस्थालेतत्कालीन राजा पृथ्वीनारायण शाहका सल्लाहकार नगर्चीको सालिक करिब १८ वर्षअघि निर्माणगरी, थन्काएर राखिएको थियो। परियार जातिले आफूलाई बिसे नगर्चीको सन्तान भएको, राष्ट्रिय एकतामा आफ्नो पुर्खाको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दैगर्दा, त्यही स्थानका दलित समुदाय भने सहरकै मूल पानीको स्रोत ढुंगेधारोमा पानीको गाग्री छोएको निहुँमा अपमानित हुनुपरेको दुखेसो पोख्दै नमीठो मान्दै थिए। पृथ्वीनारायण शाहले भौगोलिक एकताको नेतृत्व र सुरुवात दुवै गरे। तथापि भावना, पृथकता, विविधता र अनेकताको भनेघाँटी निमोठे भन्नेआरोप जीवितै छ।

जितेन्द्र र सन्तोषको जोडीलाई स्वर्ण

जितेन्द्र परियार र सन्तोष खत्रीको जोडीले अनिल शाही र प्रदीप खड्काको जोडीलाई ६–४, ६–३ को सेटमा पराजित गर्दै छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष युगलमा शुक्रबार उपाधि जितेका छन्।

स्वर्णिम संकेतको दशक

सन् १९६१ को जनगणनामा नेपालीको औसत आयु ४० वर्ष थियो । अहिले ६८ वर्ष छ । सडक, पूर्वाधारदेखि चेतनासम्ममा भएको विकाससँगै उपचार प्रविधिमा मारेको फड्कोको सबैभन्दा प्रमुख उदाहरण औसत आयुमा भएको वृद्धि हो।

इन्द्रबहादुरलाई स्वर्ण

पाकिस्तानी प्रतिद्वन्द्वी बाबर हुसेनलाई इप्पोनमा पराजित गर्दै नेपालका इन्द्र बहादुर श्रेष्ठले आठौं दक्षिण एसियाली जुडो च्याम्पियसिपमा आइतबार स्वर्ण पदक जितेका छन्।

नेपालका रविनलाई स्वर्ण

ओलम्पियन फूपूल्यामु खत्री भारतकी सुनिबाला देवीसँग पराजित हुँदा नेपालका रविन श्रेष्ठले नेपालका लागि आठौं दक्षिण एसियन जुडो च्याम्पियसिप प्रतियोगिता अन्तर्गत १ सय केजी मुनी तौल समूहमा शनिबार स्वर्ण पदक जितेका छन्।

करातेमा नेपाललाई ३ स्वर्ण

अस्ट्रेलियाको सिड्नीमा सञ्चालन भैरहेको सिडनी ओपन कराते प्रतियोगितामा नेपाली टोलीले पहिलो दिन ३ स्वर्ण, १ रजत र १ कास्य पदक हात पारेको छ।

केही गर्ने स्वर्णिम समय

२००६ सालमा भारतको कलकत्तामा पुष्पलालश्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। त्यसपछिका १३ वर्षसम्म अविभाजित रहेको नेकपा २०१९ सालपछि विभिन्न चिरामा विभाजित भयो।

सरकारलाई स्वर्णिम अवसर

इतिहासमै पहिलोपटक बनेको ‘भरपर्दाे’ वामपन्थी सरकारलाई बधाइ र शुभकामना । अवसर र चुनौती धेरै नै छन् । गरिबी, अशिक्षा, बेरोजगारीसहितका जनताका समस्या सम्बोधनदेखि धेरै काम गर्नुपर्ने छ । मेरो नजरमा यो सरकारबाट गरिनुपर्ने, ध्यान दिनुपर्ने केही पक्ष :

श्रीयालाई करातेमा स्वर्ण

आयोजक लिटिल एन्जल्स स्कुल (एलए) की श्रीया लामाले दोस्रो एलए अन्तरविद्यालय कराते प्रतियोगिताको ग्रल्स२० केजीमा बिहीबार स्वर्ण जितेकी छन् । फाइनलमा श्रीयाले आफ्नै स्कुलकी जीविका भण्डारीलाई हराइन्।

स्वर्णिम क्षण र कोशेढुंगा

मधेस मात्र होइन, यतिखेर अन्य छ वटा प्रदेशहरूमा पनि नयाँ ऊर्जाशील राजनीतिक नेतृत्वको उदय भएको छ । नेपालको संविधान २०७२ को कार्यान्वयनसँगै समयक्रममा देखिँदै जाने यस्तै सकारात्मक प्रभावहरूले नै यसको स्वीकार्यता अझै बढाउँदै जानेछ । यही संविधानअनुसार भएको प्रदेशसभा निर्वाचनले नै मधेसमा स्वर्णीम क्षण ल्याएको छ र अपूर्व सम्भावनाको द्वार उघारेको छ।

उसुमा आर्मीलाई पन्ध्र स्वर्ण

नेपाल आर्मी सोमबार १५ स्वर्णसहित ३ रजत र ७ कास्य जित्दै राखेप च्याम्पियनसिपको १३ औं राष्ट्रिय उसु प्रतियोगितामा पहिलो भएको छ।

हरि र सवितालाई स्वर्ण

नेपाल आर्मीका हरिप्रसाद गोले र सविता राईले राखेप च्याम्पियनसिपअन्तर्गत १३औं राष्ट्रिय उसु प्रतियोगिताको थाउलोतर्फ थाइची अल राउन्डमा शनिबार स्वर्ण जितेका छन् । दुवै १२औं दक्षिण एसियाली खेलकुद (साग) का रजत विजेता हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्