१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जितेन्द्र र सन्तोषको जोडीलाई स्वर्ण

काठमाडौं – जितेन्द्र परियार र सन्तोष खत्रीको जोडीले अनिल शाही र प्रदीप खड्काको जोडीलाई ६–४, ६–३ को सेटमा पराजित गर्दै छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष युगलमा शुक्रबार उपाधि जितेका छन्।

भेट्रान ४५ वर्षमाथि पुरुष एकलको फाइनलमा कृष्ण घलेले विनोद गुरुङलाई ६–०,६–१ ले पराजित गर्दै उपाधि जिते । सोही उमेरसमूहको युगलको फाइनलमा कृष्ण घले  र सुवर्ण धाक्वाको जोडीले राजु क्षेत्री र सुदर्शन विष्टको जोडीलाई १–६, ६–२, १०–६ को सेटमा निराश पार्दै स्वर्ण हात पारे । ५५ वर्षमाथि पुरुष एकल  फाइनलमा ध्रुब गुरुङले विष्णुप्रसाद गैरेलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गर्दै पहिलो भए।

भेट्रान ३५ वर्षमाथि पुरुष युगलमा श्रीराम मगर र सोभितमान श्रेष्ठको जोडीले चन्द्र शाही र राजु श्रेष्ठको जोडीलाई २–६, ६–२ र ११–९ को जोडीलाई पराजित गर्दै उपाधि जिते । ५५ वर्षमाथि पुरुष युगलको उपाधि मनोज राणा र छ्याम्बा धन्डुपले मनोज र छ्याम्बाको जोडीले करिम मुल्लाह र राजेन्द्रसिंह भण्डारीको जोडीलार्य ६–१, ६–२ को सेटमा पराजित गर्दै पहिलो बने।
प्रतियोगिता अन्तर्गत आइतबार पुरुष र महिला एकलका फाइनल खेल हुनेछन्।

प्रकाशित: २२ वैशाख २०७५ ०४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App