विश्व यतिबेला प्रविधिका कारण साँघुरिएको छ। सन् १९६९ पछि भएको इन्टरनेट प्रविधिको तीव्रतर विकाससँगै विस्तार भएको सामाजिक सञ्जालका कारण त पूरै विश्व एउटै गाउँ हुन पुगेको छ।
केही दिनपहिले प्रवीणसहित आएका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर विन्ती गरे–कृपया हाम्रो जग्गाको लालपुर्जा लिन पाउने कानुन ल्याइदिनुहोस्। अनि दाहालको उत्तर थियो–अहिले संसद् बन्द छ, खुल्नेबित्तिकै विधेयक अघि बढाउने छौँ।
काठमाडौंबाट रसुवाको यात्रा गर्दा नुवाकोटका विभिन्न भागमा देखिन्छ– खेतको बिचबाट मोटर बाटो गएको छ। धान, गहुँ, मकै फल्ने खेतका बिचमा पिच बाटो खनिएको छ। सिमेन्टका घर लहलहाएका छन्। गाडी र मोटरसाइकल रफ्तारमा हुइँकिरहेका छन्। लाग्छ, यी सबै हतारमा छन्।
२००६ सालमा भारतको कलकत्तामा पुष्पलालश्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। त्यसपछिका १३ वर्षसम्म अविभाजित रहेको नेकपा २०१९ सालपछि विभिन्न चिरामा विभाजित भयो।