१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट छनोटः नेपाल र कुवेत एकै समूहमा

नेपाल टी-२० एसियाली तथा पुर्वी एसियाली क्षेत्रीय छनोटको समूह बीमा परेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले बिहीबार समूह विभाजन गरेको हो । समूह 'बी'मा नेपालसँगै कुवेत र जापान रहेका छन् ।  

प्रतियोगितामा सहभागी हुने ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको हो। समूह 'ए'मा यूएई, मलेसिया र कतार छन् भने समूह 'सी'मा ओमान, पपुवा न्युगिनी र समओ परेका छन् ।

विश्वकप एसिया तथा पुर्वी एसिया छनोट अक्टोवर १० देखि १७ सम्म आयोजना हुनेछ ।  

हरेक समूहका शीर्ष २ टोली सुपर सिक्समा प्रवेश गर्दछन् । सुपर सिक्सका शीर्ष ३ टोलीले विश्वकपमा स्थान बनाउने छन् ।  

आइसिसीका अनुसार समूह चरणको खेल ८ देखि १० अक्टोवर सम्म तथा सुपर सिक्सको खेल १२ देखि १७ अक्टोवरसम्म आयोजना हुनेछ । 

प्रकाशित: २६ असार २०८२ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App