२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

समाधान हामीबीचमै छ : पारस खड्का

नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्काले राष्ट्रको पछिल्लो अवस्था देखेर संयमित र एकताबद्ध हुन आग्रह गरेका छन्।

उनले बिहीबार सामाजिक सञ्जालमा लेखे, ‘अराजकता, हिंसा र निरङ्कुशताले समाज र देश बनाउँदैन, देश नै बाँकी रहेन भने, जो जसले जुन ठाउँमा जे पद वा जिम्मेवारी पाए पनि, हामीलाई धेरै गाह्रो हुने छ यो ढलेको संरचना उठाउन। शान्ति र संयमको प्रतीक भनेर चिनिने हामी नेपाली, हाम्रो यो परिस्थितिले अब सायद हामीलाई गलत पहिचानतिर धकेलिँदै छ।’

यसका साथै, उनले समाधान हामीबिचमै रहेको उल्लेख गरे। उनी लेख्छन्, ‘समाधान हामीबिचमै छ, मौका नपाएर, नदिएको हो। अब सायद चेतना भएसँगै सबै नयाँ पुराना पुस्ताको सच्चा नेतृत्वले परिवर्तन ल्याउन सुधारिएको व्यवस्थित प्रबन्ध अनि जिम्मेवारी बोक्नु पर्ने छ।’

देशमा घटिरहेको पछिल्लो अवस्था देखेर उनले संयमित र एकताबद्ध हुन सबैलाई अपिल गरेका छन्। उनले भने, ‘सबै जना एउटै ठाउँमा आएर अहिलेको परिस्थितिलाई सम्हाली देशमा ठूलो क्षति हुन नदिई, शान्ति र स्थिरता कायम गर्न सबैलाई सहयोगको अनुरोध गर्दछु। संयमित बनौँ, एकताबद्ध होऔँ।’

जेन–जी आन्दोलनका कारण नेपालमा हालसम्म ३१ जनाले ज्यान गुमाइसकेका छन्। यतिबेला राष्ट्रको ठाउँ–ठाउँमा कर्फ्यु र निषेधाज्ञा जारी छ।

 

प्रकाशित: २६ भाद्र २०८२ १२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App