नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी निर्माण गरेको छ। आज केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले मस्यौदा कमिटी बनाउने निर्णय गरेको हो।
उपमहासचिव लेखराज भट्टका अनुसार कमिटीमा नेताहरू रामबहादुर थापा, विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्।
प्रकाशित: २२ पुस २०८२ १४:१० मंगलबार





