२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमाले-कांग्रेस नजिकिँदै गएपछि सरकार र केही बाह्य शक्तिहरू असहज बने : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको बताएका छन्।

ललितपुरकाे च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले निर्वाचन सार्ने र प्रतिनिधिसभा पुनर्स्थापना हुन नदिने प्रयास पनि भइरहेको दाबी गरे।

ओलीले एमाले-कांग्रेस नजिकिँदै गएपछि सरकार र केही बाह्य शक्तिहरू असहज बनेको बताए। अध्यक्ष ओलीका अनुसार अदालतमा समेत दबाब सिर्जना गर्ने गतिविधि बढ्दै गएको छ, जसले लोकतान्त्रिक प्रणालीलाई नै चुनौती दिएको छ।

अध्यक्ष ओलीले भने, ‘सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत निरन्तर दबाब र धम्की दिने र संसद् पुनर्स्थापना हुन नदिने कार्यमा दबाब दिइँदैछ। यसले लोकतान्त्रिक मूल्य-मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ।’

नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको भन्दै वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको उनको भनाइ छ।

प्रकाशित: २२ पुस २०८२ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App