७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ: सञ्चारमन्त्री

क्याप्शन

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा मंगबार भएको चलचित्र विधेयकसम्बन्धी दफावार छलफलका क्रममा उनले भने, ‘बोर्डको बहुमत सदस्य बाहिरबाट आउनुभएका विज्ञहरु हुनुहुन्छ, उहाँहरुले सिनेमा ठीक छ भन्नुभयो भने यसमा बोर्डको अध्यक्षले भिटो प्रयोग गर्नु ठीक होइन।’

उनले चलचित्र प्रमाणीकरणलाई धेरै हाउगुजी तरिकाले लिनु नपर्ने बताउँदै चलचित्र विकास बोर्डको कर्तव्यलाई नै प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

यद्यपी बोर्डको कार्य शैलीलाई भने व्यवस्थित बनाउन ‘चेक एन्ड ब्यालेन्स’ जरुरी रहेको उनको भनाइ थियो।

समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयकमाथि दफावार छलफल जारी भइरहेको र यसलाई जति सक्दो छिटो टुङ्गोमा पुर्‍याउने क्रममा समिति सक्रिय रहेको जानकारी दिइन्।

प्रकाशित: २२ पुस २०८२ १४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App