२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

खोटाङमा बच्चादानी (आङ) खस्ने महिलाको उपचार सेवा सुरु

फाइल तस्बिर

खोटाङमा महिलाको बच्चादानी (आङ) खस्ने रोगको पहिलो पटक शल्यक्रिया (अप्रेसन) उपचार सुरु भएको छ । सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पताल खोटाङले आङ खस्ने समस्याका महिलाहरुको निःशूल्क अप्रेसनसहितको उपचार सेवा सुरु गरेको हो।

आङ खसेका महिलाहरु उपचार सेवाका लागि जिल्लाबाहिर उदयपुर सदरमुकाम गाईघाट, धरान, विराटनगर र काठमाडौंसम्मै जानुपर्ने बाध्यता थियो। जिल्लामै अप्रेसनसहितको उपचार सेवा सुरु भएपछि स्थानीय पीडित महिलाहरुलाई सहज भएको छ।

बच्चादानी खसेका २ महिलाको भर्खरै निःशूल्क अप्रेसन गरेको अस्पतालले जनाएको छ। अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. अमिताभ ठाकुरले आङ खस्ने समस्याको सफल अप्रेसन गरेको जानकारी दिँदै डा. ठाकुरले यो सेवा सुरु भएपछि अब यस्ता समस्या भएका विरामी जिल्लाबाहिर रिफर गर्नु नपर्ने बताए।

बच्चादानीको निःशूल्क अप्रेसनमा खट्ने चिकित्सक टोली । तस्विरः महेश्वर चामलिङ राई/नागरिक

निकै जटिल र यो अस्पतालले समाधान गर्न नसक्ने खालका बिरामीलाई मात्र अब रेफर गरिने बताउँदै उनले अहिलेसम्म बाहिर जानुपर्ने बाध्यता अव हट्ने डा. ठाकुरको विश्वास छ । डा. ठाकुरले आफु सरुवा भएर आएपछि धेरै महिलामा यस्तो समस्या देखेपछि यहीँ उपचार गर्ने वातावरण मिलाउन प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयसँग बजेट र आवश्यक यन्त्र उपकरण र जनशक्ति मागेर व्यवस्थापन गरेको बताए।

अस्पतालमा अप्रेसनसहित बच्चादानीको मुखको क्यान्सर परीक्षण गर्ने तथा त्यसको उपचार गर्ने व्यवस्थासमेत मिलाइएको छ। त्यसैगरि बाँझोपनको उपचार र एकपटक अप्रेसन गरेर सुत्केरी गराइएको महिलालाई दोस्रोपटक पनि अप्रेसन गरेरै बच्चा निकाल्न मिल्ने सेवा सुरु भएको छ। 

प्रकाशित: ७ फाल्गुन २०८२ १५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App